रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना, १० जना घाइते « Khabarhub

रौतहटको चन्द्रनिगाहपुरमा बस दुर्घटना, १० जना घाइते


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

आज बिहान काठमाडौँदेखी भिठ्ठामोड महोत्तरीतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ५२१६ नं को बस अनियन्त्रित भई सात फिट दक्षिण साइडमा दुर्घटना हुँदा १० यात्रु घाइते भएका हुन ।

घाइते हुनेमा सात जना भारतीय नागरिक रहेका छन् ।  घाइते हुनेमा भारत सितामढीकी ४४ वर्षीय रेखादेवी राम, सोही ठाउँकी २२ वर्षीय जहदेवी झा, सोही ठाउँका ११ वर्षीय बिसुकुमार पटेल, मोहमद अकिल, ३८ वर्षीय नरगिस खातुन, दुई वर्षीय आयस प्रतीक रहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए । 

यसैगरी धनुषा जिल्ला सिरेश्वरनाथ–१ बस्ने वर्ष २३ को अनुष्का निगम, जनकपुर बस्ने वर्ष ३५ कि सन्तोषी ठाकुर र जलेश्वर–४ बस्ने ४३ वर्षीय पुनम ठाकुर पनि दुर्घटनामा परी घाइते भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।

घाइते सबैको चन्द्रपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । घाइतेको अवस्था समान्य रहेको राईले बताए। बसमा २५ जना सवार रहेकामा १० जना घाइते र अन्य १५ जना गन्तव्यतिर गएको समेत उहाँले जानकारी दिए। चालक भने फरार रहेको बताइएको छ ।
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  १२ : ३७ बजे

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु

पेटभित्रबाट निकालियो लागुऔषध, तीन विदेशी पक्राउ

काठमाडौं – नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले पेटभित्र राखेर

निरन्तर चल्दै छ कोलमा उखु पेल्ने चलन

म्याग्दी– मंगला गाउँपालिकाका किसानले एक सय वर्ष पुरानो कोलमा उखु

सुदूरपश्चिममा रेबिज सङ्क्रमणको चुनौती बढ्दो

कञ्चनपुर– सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय रेबिज सङ्क्रमणको अवस्था गम्भीर बन्दै