सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ | Khabarhub Khabarhub

सदनमा परराष्ट्रमन्त्रीको जवाफ- इजरायलमा रहेका नेपालीले तिरेको पैसाबाटै उद्धार गर्छौँ


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलमा रहेका नेपाली नागरिकलाई स्वदेश ल्याउन सरकार प्रयासरत रहेको बताएकी छन् ।
 
प्रतिनिधिसभा बैठकमा सोमबार सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले इजरायलमा रहेका नेपाली नागरिकहरू स्वदेश ल्याउन प्रयास भइरहेको बताएकी हुन् ।  

‘इजरायलमा दुई हजार जीटुजी गएका छन् । उहाँहरूको सबै डेटा पनि छ । हामीलाई रेस्क्यु गर्न प्रबलम पनि छैन । उहाँहरूले तीन वर्ष लगातार पैसा तिर्नुभएको छ । त्यो भएपछि सुरक्षा कोषबाट उहाँहरूको रेस्क्यु हुन सक्छ,’ मन्त्री राणाले भनिन् । 

उनले भारतीय भूमि प्रयोग गरेर नक्कली कागजातका साथ इजरायल पुगेका नेपाली नागरिकलाई पनि स्वदेश फिर्ता ल्याउन पहल गरिरहेको पनि बताइन् ।  

‘धेरै जना इन्डियन पासपोर्ट लिएर पनि पुगेका छन् । फेक इन्डियन पासपोर्ट । त्यो अशली होइन, नक्कली लिएर पुगेका छन् । उहाँहरूले पनि हामीलाई अपील गर्नुभएको छ कि हामी आउनु पाऊँ भनेर,’ उनले भनिन्, ‘हामीले होम मिनिस्ट्रीमा लेखेका छौँ । यस्तो परिस्थितिमा भएको नेपालीलाई ट्रभल डकुमेन्ट इस्यु गर्नका लागि हामीलाई स्वीकृति दिनु भनेर ।’

मन्त्री राणाले इजरायलमा अहिले दूतावास सञ्चालन गर्ने अवस्था नै नभएको पनि जानकारी दिइन् । ‘अहिले त्यहाँ कस्तो परिस्थित छ भने हाम्रो राजदूत नै बंकरमा हुनुहुन्छ । अफिस सञ्चालन गर्ने परिस्थिति छैन,’ उनले भनिन्, ‘अलमोस्ट हजार जना नेपालीमध्ये ४–५ सय इललिगल गैरकानुनी हुनुहुन्छ ।  अरु पनि ठ्याक्कै प्लेन गयो भने आउँछु भन्ने मर्ममा हुनुहुन्छ ।’

इजरायलमा रहेका तीन नेपालीहरूलाई इजिप्टबाट स्वदेश ल्याइने पनि उनले बताइन् । ‘जर्मनले ट्राभल डकुमेन्ट हामी अलाउ गर्न सक्दैनौँ भनेको छ । इजिप्टबाट ल्याउन सकिन्छ कि भनेर हामी प्रयासरत छौँ,’ मन्त्री राणाले भनिन्, ‘५ सय जना नेपाली त्यहीँ नै बिहेबारी गरेर सेटल डाउन भएको हुनुहुन्छ ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : १८ बजे

करेन्ट लागेर एकजनाको मृत्यु, दुईको अवस्था गम्भीर

सर्लाही– सर्लाहीको लालबन्दी नगरपालिका–१ मा करेन्ट लागेर एकजनाको मृत्यु भएको

अघिल्लो वर्षको तुलनामा गत वर्ष एक खर्ब २० अर्ब  राजस्व वृद्धि

काठमाडौं– अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा राजस्व सङ्कलन

धार्मिक पर्यटन  प्रवर्द्धन गर्न कालीगण्डकी किनारमा पैदलमार्ग निर्माण

पाल्पा– धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पाल्पाको रामपुर नगरपालिकाले कालीगण्डकी

बागमती प्रदेश प्रमुखबाट दुई विधेयक प्रमाणीकरण

हेटौँडा– बागमती प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रदेश प्रमुख दीपकप्रसाद

देवघाटमा साउने मेला, भक्तजनको भीड

चितवन– चितवनस्थित देवघाटधाममा आज (बिहीबार) देखि साउने मेला सुरु भएको