एकल महिलाको हितमा योजनाबद्ध काम गरेका छौँ : चिरीबाबु महर्जन « Khabarhub

एकल महिलाको हितमा योजनाबद्ध काम गरेका छौँ : चिरीबाबु महर्जन

९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट

102
Shares
  • change font
  • change font
  • change font

पाटन– ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध रुपमा काम गरेको बताएका छन् । 

पन्ध्रौँ अन्तरराष्ट्रिय एकल महिला दिवसका अवसरमा मानवअधिकारका लागि महिला एकल महिला समूहद्वारा आज ललितपुरमा आयोजित समारोहमा मन्तव्य राख्दै महानगर प्रमुख महर्जनले एकल महिलाले धेरै पीडा भोग्नुपरेको कुराका विषयमा आफू जानकार  रहेको उल्लेख गर्दै आफ्नो पहिलो कार्यकालदेखि नै सहकार्य गरेर काम गर्दै आएको बताए।

‘कोरियाको चेओरवन शहरसँग भगिनी सम्बन्ध कायम ग¥यौँ, कोरियाको कृषिको राम्रो काम हामीले भित्र्याउन प्रयास गरियो, त्यसको सुरुआत सुनाकोठीको छहारी एकल महिला समूहलाई सहयोग गरेर काम गरिरहेका छौँ, महानगरभित्रका हरेक एकल महिला समूहसँग राम्रोसँग सहकार्य गरेर काम गरिरहेका छौँ, भविष्यमा पनि गर्छौं’, उनले भने।

 महानगरप्रमुख महर्जनले ललितपुरले सामाजिक क्षेत्रमा राम्रो काम गरिरहेको छ भन्दै त्यसमा एकल महिलाको हितका लागि गरिएको काम पनि महत्वपूर्ण कार्यका रुपमा रहेको बताए। 

युएन वुमनका राष्ट्रिय प्रतिनिधि प्याट्रिसिया फर्नान्डेनले एकल महिलाको न्यूनतम आवश्यकता परिपूर्ति, स्वाभिमानको प्रत्याभूतिका लागि ध्यान दिनुपर्ने र उनीहरूको क्षमता अभिवृद्धिका लागि निरन्तर सहयोग गर्नुपर्नेमा नले जोड दिए। उनले सक्षम बन्न र आर्थिक सशक्तिकरणका लागि एकल महिलाको सङ्घर्ष अझै बाँकी रहेको धारणा राखे ।

वडा नं २७ का अध्यक्ष कृष्णहरि महर्जनले एकल महिलाहरूलाई सशक्त र सक्रिय बनाउन वडा तहबाट धेरै कार्यक्रम उपलब्ध गराउँदै हौसला बनाउने तथा उनीहरूको क्षमता अभिवृद्धि गर्ने कार्य गरिरहेको जानकारी गराए।

सभा नेपालका अध्यक्ष उषा डङ्गोलले एकल महिलाहरूको अहिले पनि आर्थिक र मानसिक पीडा अझै चुनौतीपूर्ण रहेको बताए। मानवअधिकारका लागि महिला एकल महिला सामूहिक अध्यक्ष कविता पाँडेले एकल महिलाका पीडा र समस्यालाई हेर्ने सोच राम्रो हुनुपर्ने बताए ।

‘जीवन निर्माण र मर्यादा पुनर्स्थापित गर्न एकल महिलाहरूलाई सशक्त बनाऔँ’ भन्ने नारासहित १५औँ अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाइएको हो । सन् २०१० मा सयुक्त राष्ट्रसङ्घद्वारा जुन २३ को दिनलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा पारित गरेको थियो । सोही अनुसार सन् २०११ देखि एकल महिलाका क्षेत्रमा कार्य गर्ने विभिन्न मुलुकका सङ्घ संस्थाहरूले समेत अन्तर्राष्ट्रिय एकल महिला दिवस मनाउँदै आइरहेका छन् । नेपालमा पनि मानव अधिकारका लागि महिला, एकल महिला समूहले विभिन्न वकालतमुखी कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय तथा अन्तरराष्ट्रिस्तरबाट नै एकल महिलामाथि हुने विभेद र असमानताको अन्त्य हुनुपर्दछ भनिए तापनि लैङ्गिक विभेद, सामाजिक सांस्कृतिक संरचनाका कारणले एकल महिलाले सम्पत्तिमाथिको अधिकार प्राप्तिमा कठिनाइलगायत अन्य विभेद तथा दुव्र्यवहार लामो समयदेखि नै भोग्दै आइरहेको अवस्था छ ।

 ‘एकल महिलाको हितमा ध्यान दिएरै योजनाबद्ध काम गरेका छौँ’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : २६ बजे

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद

बालिका सम्मेलनः मिथिला विहारी नगरपालिकाद्वारा सात बुँदे घोषणपत्र जारी

धनुषा – मिथिला विहारी नगरपालिकाले ‘बालविवाह बन्द गरौँ’ भन्ने मूल