इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन « Khabarhub

इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कडा निन्दा गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गत असार ७ गते इरानमा भएको आक्रमणलाई ‘फासिस्ट, क्रूर र नाङ्गो हस्तक्षेप’ को संज्ञा दिएका छन्।

अमेरिकाको उक्त कार्यले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र राष्ट्रहरूबीचको सम्बन्धका आधारभूत मापदण्ड उल्लंघन गरेको पनि खनालले बताएका छन्।

अमेरिकाले इरानले निर्माण गरिरहेका तीनवटा आणविक केन्द्र ध्वस्त पारेको दाबी गर्दै आएको बताउँदै खनालले शान्तिपूर्ण प्रयोजनका लागि भएको अनुसन्धानलाई नष्ट गर्ने क्रियाकलापप्रति भर्त्सना गरेका छन् । ‘शान्तिपूर्ण अनुसन्धानका लागि आणविक प्रविधिको प्रयोग गर्नु कुनै पनि सार्वभौम राष्ट्रको अधिकार हो’, उनले भनेका छन् ।

खनालले इरानमाथि इजरायली विस्तारवादी शक्तिहरूले अमेरिकी उक्साहटमा आक्रमण गरिरहेको पनि बताए । अझ अमेरिकी हस्तक्षेपले केवल इरान मात्र होइन, सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई युद्धको चपेटामा धकेलेको टिप्पणी उनले गरेका छन्।

यसले अरब र इस्लामिक विश्वको शान्तिमा गम्भीर खलल पुर्‍याएको बताउँदै खनालले मध्यपूर्वभरि प्रतिरोधका ज्वालाहरू सल्कन सक्ने सम्भावना बढेको उल्लेख गरेका छन् ।

‘आजको युग संवाद, सहकार्य र सहमतिको हो, तर अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादले विश्व शान्तिका लागि चुनौती खडा गरिरहेको छ’, उनले भनेका छन्, ‘सम्पूर्ण नेपाली जनता अमेरिका–इजरायलको आक्रमणको विरोधमा छन्। हामी इरानी, अरबी तथा इस्लामिक जनताको प्रतिरोध संघर्षप्रति दृढ ऐक्य समर्थन प्रकट गर्छौं ।’

उनले युद्ध विस्तार हुँदै जाँदा अरब मुलुकहरूमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूको जीवनमा संकट आउन सक्ने भन्दै उनीहरूको सुरक्षाका लागि नेपाल सरकारलाई तत्काल तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

खनालले संयुक्त राष्ट्रसंघ र विश्व समुदायले मध्यपूर्वमा स्थायी शान्ति स्थापना गर्न गरिरहेका प्रयासलाई समर्थन जनाउँदै भनेका छन्, ‘अमेरिकी प्रभूत्वको अन्त्य र स्वतन्त्र प्यालेस्टाइनी राष्ट्रको स्थापना नै क्षेत्रीय शान्तिको मुख्य सर्त हो ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ३८ बजे

स्विप अप्रेसन : लागुऔषध कारोबारमा संलग्न एक हजार ४४ जना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले सञ्चालन गरेको स्विप अप्रेसनअन्तर्गत यही वैशाख

तीन सय २५ को स्वास्थ्य परीक्षण : २० जनामा क्यान्सर

तनहुँ – तनहुँमा बुधबार र बिहीबार दुईदिनसम्म सञ्चालन गरिएको निःशुल्क

काठमाडौँ आइपुगे डोनाल्ड ट्रम्पका विशेष दूत, प्रधानमन्त्री बालेनसँग होला भेट ?

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसिया

डीडीसी महाप्रबन्धकको जिम्मेवारी सहसचिव डा. शरण पाण्डेलाई

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. शरण

रोल्पामा भएको जीप दुर्घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं – रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापस्थित कच्ची सडकखण्डमा आज दिउँसो