इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन | Khabarhub Khabarhub

इरानमाथि आक्रमणको निन्दा गर्दै झलनाथले भने- अमेरिकी प्रभुत्व नसकिएसम्म विश्वमा शान्ति हुँदैन


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इरानमाथि अमेरिकी र इजरायली आक्रमणप्रति नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कडा निन्दा गरेका छन् ।

पूर्वप्रधानमन्त्री खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गत असार ७ गते इरानमा भएको आक्रमणलाई ‘फासिस्ट, क्रूर र नाङ्गो हस्तक्षेप’ को संज्ञा दिएका छन्।

अमेरिकाको उक्त कार्यले अन्तर्राष्ट्रिय कानुन, संयुक्त राष्ट्रसंघको बडापत्र र राष्ट्रहरूबीचको सम्बन्धका आधारभूत मापदण्ड उल्लंघन गरेको पनि खनालले बताएका छन्।

अमेरिकाले इरानले निर्माण गरिरहेका तीनवटा आणविक केन्द्र ध्वस्त पारेको दाबी गर्दै आएको बताउँदै खनालले शान्तिपूर्ण प्रयोजनका लागि भएको अनुसन्धानलाई नष्ट गर्ने क्रियाकलापप्रति भर्त्सना गरेका छन् । ‘शान्तिपूर्ण अनुसन्धानका लागि आणविक प्रविधिको प्रयोग गर्नु कुनै पनि सार्वभौम राष्ट्रको अधिकार हो’, उनले भनेका छन् ।

खनालले इरानमाथि इजरायली विस्तारवादी शक्तिहरूले अमेरिकी उक्साहटमा आक्रमण गरिरहेको पनि बताए । अझ अमेरिकी हस्तक्षेपले केवल इरान मात्र होइन, सम्पूर्ण मध्यपूर्व क्षेत्रलाई युद्धको चपेटामा धकेलेको टिप्पणी उनले गरेका छन्।

यसले अरब र इस्लामिक विश्वको शान्तिमा गम्भीर खलल पुर्‍याएको बताउँदै खनालले मध्यपूर्वभरि प्रतिरोधका ज्वालाहरू सल्कन सक्ने सम्भावना बढेको उल्लेख गरेका छन् ।

‘आजको युग संवाद, सहकार्य र सहमतिको हो, तर अमेरिकी साम्राज्यवाद र इजरायली विस्तारवादले विश्व शान्तिका लागि चुनौती खडा गरिरहेको छ’, उनले भनेका छन्, ‘सम्पूर्ण नेपाली जनता अमेरिका–इजरायलको आक्रमणको विरोधमा छन्। हामी इरानी, अरबी तथा इस्लामिक जनताको प्रतिरोध संघर्षप्रति दृढ ऐक्य समर्थन प्रकट गर्छौं ।’

उनले युद्ध विस्तार हुँदै जाँदा अरब मुलुकहरूमा कार्यरत लाखौँ नेपाली श्रमिकहरूको जीवनमा संकट आउन सक्ने भन्दै उनीहरूको सुरक्षाका लागि नेपाल सरकारलाई तत्काल तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

खनालले संयुक्त राष्ट्रसंघ र विश्व समुदायले मध्यपूर्वमा स्थायी शान्ति स्थापना गर्न गरिरहेका प्रयासलाई समर्थन जनाउँदै भनेका छन्, ‘अमेरिकी प्रभूत्वको अन्त्य र स्वतन्त्र प्यालेस्टाइनी राष्ट्रको स्थापना नै क्षेत्रीय शान्तिको मुख्य सर्त हो ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ३ : ३८ बजे

अभिमन्युको नयाँ पोस्टर सार्वजनिक, क्राइम जनरामा निर्माण भएको संकेत

काठमाडौं – भदौ ६ गते बाट प्रदर्शनमा आउन लागेको फिल्म

मिनी ट्रकमा ठोक्किँदा स्कुटर चालकको मृत्यु

दमौली– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ अम्रेनीमा रोकिराखेको मिनी ट्रकमा

प्रधानमन्त्रीलाई प्रचण्डको प्रश्न– चित्रगुप्तलाई कहाँ गएर दिने बयान ?

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल

एमालेकै सांसदले भने- घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गरियोस्

काठमाडौं- नेकपा (एमाले) कै एकजना सांसदले संघीय मामिला तथा सामान्य

बिपी प्रतिष्ठानसँग बीमा बोर्डले सम्झौता नवीकरण गरेन, १ लाख ७८ हजार बिमित प्रभावित हुने

सुनसरी– स्वास्थ्य बीमा बोर्डले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सम्झौता