कोशी बास्केटबलको उपाधि सुनसरीलाई | Khabarhub Khabarhub

कोशी बास्केटबलको उपाधि सुनसरीलाई


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

सुनसरी– धरानमा सम्पन्न कोशी प्रदेश खुल्ला बास्केटबल प्रतियोगिताको उपाधि सुनसरी बास्केटबल टिमले हात पारेको छ । इलाम बास्केटबल टिमलाई ८०–७३ अंकको अन्तरले पराजित गर्दै सुनसरीले उपाधिमाथि कव्जा जमाएको हो । 

उपाधिसँगै सुनसरी टिमले नगद दुईलाख रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता इलामले नगद १ लाख, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलको म्यान अफ द म्याच सुनसरी टिमका कैलाश लिम्बू घोषित भए । 

प्रतियोगिताको धरान मेघा उत्कृष्ट खेलाडीको उपाधि सुनसरी टिमका सुशन श्रेष्ठ घोषित भए । उनले नगद १० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गरे । धरान बास्केटवल संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास वोर्डको संयोजनमा सम्पन्न प्रतियोगिताको फाइनलमा २५–११, १६–१५, ३१–११, २२–२२ अंक जोडेका थिए । 

धरान १८ स्थित डिपो स्कुलको बास्केटवल कोर्टमा सम्पन्न फाइनलको विजेता तथा उपविजेता टिमलाई सुनसरी बास्केटल संघका अध्यक्ष नारायण सुवेदी, पुर्वसांसद जयकुमार राई, डिपो स्कुल व्यवस्थापन समिति अध्यक्ष अमर लिम्वु, सदस्य सुर्य पन्धाक लिम्वु, प्राचार्य राजकुमार राईले ट्रफि र प्रमाणपत्र वितरण गरेका थिए । 

प्रतियोगितामा सुनसरी, झापा, मोरङ, इलाम, उदयपुर, भोजपुर, ओखलढुङ्गा र धनकुटा गरि ८ जिल्लाका टिमले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ४ : १४ बजे

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो

एएफसी एसियन कप छनोट खेल्ने नेपाली टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं– उज्वेकिस्तानमा हुने एएफसी एसियन कप छनोट खेल्न जाने नेपाली

रूसी राष्ट्रपति पुटिनले भने : इरानमाथि अमेरिकी-इजरायली आक्रमण अन्तर्राष्ट्रिय कानुनको गम्भीर उलङ्घन

मस्को– रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले इजरायल र अमेरिकाले इरानमाथि गरेका

प्रधानमन्त्री ओलीको तर्क- सही बिचार र नेतृत्वले नेकपा विभाजनपछि एमाले पहिलेकै अवस्थामा फर्कियो

काठमाडौं– प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले