जङ्गली हात्तीको आक्रमणबाट तीन घरमा क्षति « Khabarhub

जङ्गली हात्तीको आक्रमणबाट तीन घरमा क्षति


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

बनियानी – झापाको बिर्तामोड नगरपालिका–८ मा जङ्गली हात्तीले तीन वटा घरमा क्षति पुर्‍याएको छ । 

आज बिहान करिब ४ बजे बिर्तामोड–८ शुक्रबारे टोलमा आएका ३–४ जङ्गली हात्तीको समूहले स्थानीय तीन घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

हात्तीले बिर्तामोडका ५५ वर्षीय सुफल मनीको घरमा बाँसको टाटी भत्काउँदा करिब रु १० हजार बराबरको क्षति भएको छ । भाग्ने क्रममा मनि सामान्य घाइते भएको बताइएको छ । उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

त्यस्तै सोही स्थानका ५६ वर्षीय कृष्णप्रसाद उप्रेतीको सिमेन्टको पर्खाल भत्काउँदा करिब ५० हजार बराबरको क्षति भएको छ भने सोही स्थानकी ४३ वर्षीया शिवकुमारी मगरको आँगनमा रहेको भकारीबाट हात्तीले करिब १०० किलो चामल खाएर नोक्सानी पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

हात्ती सोही स्थानको देउनिया खोलातर्फ गएको जनाइएको छ । 
 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ०५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना