फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी « Khabarhub

फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर, अनमोल पनि विपक्षी


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


651
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रदर्शनमा आएको एक वर्ष नाघेपछि फिल्म ‘फर्की फर्की’विरुद्ध मुद्दा दायर भएको छ ।

नरेन्द्रबहादुर श्रेष्ठ नाम गरेका व्यक्तिले निर्माण टिमविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका हुन् । अदालतका अनुसार फिल्मका नायक अनमोल केसीलाई पनि यस मुद्दाको विपक्षी बनाइएको छ ।

साथै, निर्माता रोहित अधिकारी, निर्देशक सुयोग गुरुङ र चलचित्र जाँच समीतिलाई पनि उनले विपक्षी बनाएका छन् ।

निर्माता अधिकारीका अनुसार श्रेष्ठले फिल्मको एक संवादमा आफ्नो नम्बर प्रयोग भएका कारण मुद्दा दायर गरेका हुन् ।

फिल्म विभिन्न प्लेटफर्ममा प्रदर्शनमा आएपछि उक्त नम्बरमा युवतीहरुले फोन गरी मुद्दा दायर गर्ने व्यक्तिलाई हैरानी पारेको तथ्य सही रहेको रोहितले बताए ।

रोहितले भने, ‘उहाँलाई राति पनि फोन आउँदो रहेछ । अनमोलसँग बोल्ने भन्दा रहेछन् । उहाँ उमेरले वृद्ध भइसक्नु भएको रहेछ । उहाँलाई गाह्रो नै परेको हो ।’

यस विषयमा श्रेष्ठसँग आफू र निर्देशक गुरुङले माफीसमेत मागिसकेको उनले बताए ।

भुलवस नम्बर भएको संवादमा ‘विप’ राखिएको फिल्मको फाइल सट्टा पुरानै फाइल ओटीटीमा सार्वजनिक भएपछि ती व्यक्ति झन् समस्यामा परेको रोहितको बुझाइ छ ।

अहिले भने उक्त नम्बर भएको भिडियो आधिकारिकरुपमा कुनै प्लेटफर्ममा नरहेको उनको दाबी छ ।

उनले भने, ‘अहिले नम्बरको संवाद भएको भिडियो फाइल हटाइसकेका छौं । उहाँलाई फोन आउने क्रम भने रोकिएको छैन ।’

अब कानुनी प्रक्रियामै चल्ने उनले बताए । भने, ‘मुद्दा फिर्ता गर्न आग्रह गर्छौं । उहाँले मान्नुभएन भने कानुनी प्रक्रियामा नै जाने हो ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ०९ बजे

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो

झापा– वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दै गएको

जाजरकोटको रिसाङमा पहिरो: दुई जना बेपत्ता, सात घाइते

कर्णाली – अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आज ९आइतबार०का लागि विदेशी मुद्राको

मनसुन सक्रिय : पाँच प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ – देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल साउन ३१ गते आइतबार सन् २०२६