७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित  | Khabarhub Khabarhub

७३ जिल्लामा फैलियो डेङ्गी, १४ सय बढि सङ्क्रमित 


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनसुन सुरु भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । रसुवा, मनाङ, हुम्ला, डोल्पाबाहेक बाँकी ७३ जिल्लामा डेङ्गी सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ ।  

६ महिनायता १ हजार ४ सयभन्दा धेरैमा डेङ्गी सङ्क्रमण भएको छ । महाशाखाका अनुसार सबैभन्दा बढी बागमतीमा ३ सय ७१ जना, कोशीमा २ सय ९९, गण्डकीमा २ सय ५१ जना, लुम्बिनीमा २ सय ४५ जना, सुदूरपश्चिममा १ सय ८४ जना, कर्णालीमा ३२ जना र मधेशमा २१ जनामा सङ्क्रमण पुष्टि भएको 

उच्च ज्वरो आउने, टाउको, घाँटी, आँखा दुख्ने, हाडजोर्नी, मांसपेशी र ढाड दुख्ने डेङ्गी मुख्य लक्षण हुन् । डाक्टरका अनुसार पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल निस्किने लार्भा वयस्क भएपछि त्यसले टोकेमा डेङ्गी रोग लाग्छ ।

एडिस लामखुट्टे विशेषतः बिहान र बेलुकी घाम अस्ताउनुभन्दा अगाडि बढी सक्रिय हुने र त्यसैबेला सङ्क्रमण बढी सार्छ । यो जातको लामखुट्टेले सफा जमेको थोरै पानीमा फुल पार्ने भएकाले पानी जन्म नदिन र सरसफाइमा विशेष ध्यान दिनुपर्ने डाक्टरहरूको सुझाव छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै पालिकालाई ‘लामखुट्टेको लार्भा खोज र नष्ट गर’ अभियान चलाउन पत्राचार गरिसकेको छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ६ : ०३ बजे

कतारले अस्थायी रुपमा बन्द गर्‍यो आफ्नो हवाई क्षेत्र

काठमाडौं – इरान र अमेरिकाबीचको सैन्य तनाव चुलिँदै गइरहेका बेला

इरानद्वारा कतारस्थित अमेरिकी सैन्य बेसमाथि आक्रमण

काठमाडौं – इरानले कतारस्थित अमेरिकी सैन्य बेसमाथि हमला सुरू गरेको

शिक्षकसँग भएका सम्झौतालाई समावेश गरेर मात्र शिक्षा ऐन आउँछः मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विभिन्न सरकारका

मन्त्रिपरिषद् बैठक : सशस्त्रका दुई डीआईजीको पदावधि थप्ने निर्णय

काठमाडौं – सरकारले सशस्त्र प्रहरी बलका दुई नायब महानिरीक्षक (डीआईजी)को

क्षेत्रगत कर्जा बिस्तारमा राष्ट्र बैंकको लचिलो नीति

काठमाडौं – क्षेत्रगत कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लचिलो नीति