नेपालबाट बढेको छैन निर्यात, प्रधानमन्त्री भ्रममा परे की पारिए ?
प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट ऐतिहासिक निर्यात भएको भन्दै सामाजिक सञ्जालमा एउटा पोस्ट शेयर गरेका छन् । उनले उक्त निर्यात तथ्यांकलाई अर्थतन्त्रमा सुधारको संकेतको रूपमा व्याख्या गरेका छन् ।

चालु आर्थिक वर्षको ११ महिनामा नेपालको निर्यातमा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७.७७ प्रतिशतले वृद्धि भएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
बराहक्षेत्रको बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने योजना
वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए
मंगलबारभित्र नआउने भयो कलहमा फसेको काठमाडौं महानगरको बजेट
देशकै ठूलो स्थानीय तह काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माण प्रक्रिया अन्योलमा परेको छ ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० भित्र बजेट प्रस्तुत गरिसक्नुपर्ने व्यवस्था छ । तर सोमबारसम्म महानगरको बजेट आउने–नआउने टुंगो छैन ।

बजेट आउने अघिल्लो दिनसम्म काठमाडौं महानगरपालिकामा न त नगरसभा बस्न सकेको छ न त कार्यपालिका बैठक नै । अर्कातिर बजेटका लागि बस्नुपर्ने स्रोत तथा सीमा निर्धारण समितिको बैठक पनि अहिलसम्म बसेको छैन ।
मेयर बालेन्द्र शाह (बालेन) र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंबीचको विवाद तथा मेयर र उपमेयर सुनिता डंगोलबीच समन्वय हुन नसक्दा संकट आइलागेको हो ।
महानगरले बजेटका लागि प्री–बजेट छलफल गर्नुपर्ने हुन्छ । जसको संयोजक नगर प्रमुख हुन्छन् । नगर प्रमुखको अध्यक्षतामा स्रोत तथा सीमा निर्धारण समिति बनाइएको हुन्छ । प्रमुख नेतृत्वको समितिले गाइडलाइनबाट बजेट बनाउने, कूल बजेट निर्धारण गर्ने र क्षेत्रगत बजेट शीर्षकमा कार्यक्रम प्रक्षेपण गर्नुपर्छ ।
चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु
‘सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर निस्किँदैन’
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सुनमा करको दर बढाएर मुलुक ग्रे लिस्टबाट बाहिर ननिस्कने बताएका छन् ।

संघीय संसद् अन्तर्गत अर्थ समितिको सोमबारको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। सचिवहरूले मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सुनमा करको दर बढाएको बताएका उनले झूटो कुरा नगर्न सचेत गराए ।
समितिमा सोमबार आर्थिक विधेयकमार्फत् सुन, चाँदी र गरगहनामा लगाइएको करका सम्बन्धमा नेपाल सुनचाँदी व्यवसायी महासंघको निवेदन र बैङ्क तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल भएको हो ।
मेची भन्सारबाट १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
बुटवल उपमहानगरको बजेट तीन अर्ब ३६ करोडबढी
चीनको विद्युत उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि
प्रदेश अस्पतालका लेखा अधिकृतसहित ३ जनाविरुद्ध मुद्दा दायर
सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन सुनचाँदी व्यवसायीको माग
सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गरेका छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा उनीहरूले सुनचाँदी गहनामा लगाइएको अनावश्यक विलासिता करको व्यवस्थाले यस व्यवसाय थप संकटमा परेको भन्दै फिर्ता लिन माग गरेका हुन् । साथै उनीहरूले सुनचाँदीलाई विलासिताका रूपमा नभई संस्कार, संस्कृतिका रूपमा बुझ्न सरकारलाई आग्रह गरेका छन् ।
बैठकमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले सुनचाँदी गहनामा लगाइएको विलासिता करका कारण नेपाली व्यवसाय धराशायी हुने बताए । उनले सुन संस्कार, संस्कृतिकामा रहेकाले विलासिताको रूपमा परिभाषित गरिनु उचित नहुने जिकिर गरे ।
प्रतिक्रिया