इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ? « Khabarhub

इन्डस्ट्री फर्स्ट एलएफपी लो भोल्टेज ब्याट्रीसहित ‘बीवाईडी डल्फिन-२०२५’ नेपालमा सार्वजनिक, मूल्य कति ?


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा बीवाईडी अटो इन्डष्ट्रि कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले बीवाईडी डल्फिनको बहुप्रतिक्षित २०२५ संस्करण सार्वजनिक गरेको छ ।

बीवाईडी डल्फिन-२०२५ मा थुप्रै विशेषताहरू समावेश गरिएका कम्पनीको दाबी छ । कम्पनीका अनुसार यसमा लिथियम आइरन फस्फेट (एलएफपी) लो भोल्टेज ब्याट्री (एलभीबी) प्रयोग गरिएको छ, जसले परम्परागत लिड–एसिड ब्याट्रीलाई विस्थापित गरेको छ । यो ब्याट्री पारम्परिक ब्याट्रीभन्दा ६ गुणा हल्का, ५ गुणा कम सेल्फ डिस्चार्ज हुने विशेषतायुक्त छ भने यसको आयु १५ वर्ष सम्म हुन सक्ने छ । यसले लो–भोल्टेज इनर्जी स्टोरेज र विश्वसनीयतामा नयाँ विश्वस्तरीय मापदण्ड निर्धारण गरेको छ। एलएफपी लो भोल्टेज ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी उपलब्ध हुनेछ ।

बीवाईडी डल्फिन २०२५ ले अत्याधुनिक बीवाईडी ई–प्लेटफर्म ३.० र सुरक्षित ब्लेड ब्याट्री प्रविधिलाई निरन्तरता दिएको छ, जसले ३४० किमीको डब्लुएलटीपी रेन्ज प्रदान गर्छ । यसमा डीसी चार्जिङ क्षमता छ र ब्याट्रीलाई ३० मिनेटमै ८० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

२०२५ संस्करणमा नेपालका विविध भू–परिस्थितिमा प्रदर्शन सुधार गर्न स्पोर्टी ह्यान्डलिङका लागि ट्युन गरिएको सस्पेन्सन, रातको समयमा अझ राम्रो दृश्यता दिने प्रभावशाली एलईडी हेडलाइट्स, उन्नत कुलिङ र हिटिङ कार्यक्षमतासहितको सुधारिएको एसी सिस्टम, मोबाइल फोन एनएफसी की, ब्लुटुथ कि र प्यासेन्जर डोर स्विच जस्ता सुविधा रहेकाे कम्पनीले जनाएकाे छ । 

यस संस्करणमा नयाँ आकर्षक एटलान्टिस ग्रे रंग पनि थपिएको छ, जसले बीवाईडी डल्फिनको आधिकारिक कलर अप्सनलाई तीन अप्सनमा विस्तार गरेको छ । अब सो गाडी एट्लान्टिस ग्रे, अर्बन ग्रे र स्की ह्वाइट कलरमा उपलब्ध हुनेछ ।

यी सम्पूर्ण प्रविधि र विशेषता थपिएसँगै बीवाईडी डल्फिन २०२५ को मूल्य प्रतिस्पर्धात्मक रुपमा रु. ४१.१५ लाख राखिएको छ, जसमा ७ किलोवाटको होम चार्जर पनि समावेश गरिएको छ।

सो अवसरमा साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले ग्राहक, सहकर्मी र सरोकारवालाहरुलाई धन्यवाद दिदै भने, ‘हामी टिकाउ मोबिलिटी र ग्राहककेन्द्रित नवप्रवर्तनमा प्रतिबद्ध छौं। बीवाईडी डल्फिन २०२५ केवल फिचर अपग्रेड मात्र होइन– यो नेपालका लागि हरित भविष्यतर्फको हाम्रो यात्राको निरन्तरता हो ।’

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ५ : ३७ बजे

विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्र प्रहरी महानिरीक्षक पौडेल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा

युद्ध रोक्ने सम्झौतालगत्तै इरानी फुटबल टोली अमेरिका पुग्यो

तेहरान- इरानको राष्ट्रिय फुटबल टोली विश्वकप खेल्न अमेरिका पुगेको छ।

ललितपुर महानगरमा जथाभावी पार्किङ, फोहोर फ्याँक्ने र बिरुवा भाँच्नेलाई कारबाही गर्दा तत्कालै जरिवाना बुझाउन मिल्ने ‘ई-चलान’ सुरू

काठमाडौं– ललितपुर महानगरपालिकाले डिजिटल माध्यमबाट तत्कालै जरिवाना बुझाउन सक्ने गरी

संसद्‍मा रोकिएन हर्कको विरोध (तस्बिरहरू)

काठमाडौं- श्रमसंस्कृति पार्टी संसदीय दलका नेता हर्कराज राईले प्रधानमन्त्री वालेन

जापानी प्रशंसकको सफाइ संस्कृति चर्चामा

एजेन्सी– विश्वकप फुटबलमा खेलको रोमाञ्चसँगै जापानी समर्थकहरूको व्यवहारले पनि अन्तर्राष्ट्रिय