भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप | Khabarhub Khabarhub

भोलिको संसद् बैठकमा अनिवार्य उपस्थित हुन कांग्रेसद्वारा सांसदलाई ह्वीप


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको छ । 

कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले पार्टीका सांसदहरूलाई सन्देशमार्फत् मंगलबारको प्रतिनिधिसभा बैठकका लागि आफ्नो दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेका हुन् । 

कांग्रेसका एकजना सांसदले मंगलबार संसद्मा पेश हुन गइरहेको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयकको पक्षमा मतदान गर्न पार्टीले ‘ह्वीप’ लगाएको जानकारी दिए । 

‘भोलि १० गते बस्ने संसद् बैठकमा आ.व. ८२-८३को बजेट पारित गरिने हुँदा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन र प्रस्तावको पक्षमा मतदान गर्न यो ‘ह्वीप’ जारी गरिन्छ,’ कांग्रेस प्रमुख सचेतक घिमिरेले सांसदहरूलाई पठाएको सन्देशमा भनिएको छ । 

सरकारद्वारा गत जेठ १५ गते संघीय संसद्मा पेश भएको आर्थिक वर्ष २०८२-८३ को विनियोजन विधेयक, २०८२ मंगलबार प्रतिनिधिसभाको बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

यसअघि सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेले पनि विनियोजन विधेयकको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना दलका सांसदहरूलाई ‘ह्वीप’ जारी गरेको थियो ।  

एमाले संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाद्वारा जारी ह्वीपमा सबै सदस्यहरूलाई अनिवार्य उपस्थित भई प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको थियो ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ०८ बजे

खार्पुनाथमा तुइन हटाएर झोलुङ्गे पुल, आवतजावत गर्न सहज

सिमकोट– खार्पुनाथ गाउँपालिकामा रहेका नदीमा तुइन हटाएर झोलुङ्गे पुल निर्माण

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल