साहित्यकार पौडेलको कृति ‘देशाटन’ लोकार्पण « Khabarhub

साहित्यकार पौडेलको कृति ‘देशाटन’ लोकार्पण


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साहित्यकार पुष्पराज पौडेलको संस्मरण कृति ‘देशाटनः घुम्दै, फिर्दै जिल्ला–जिल्ला’ लोकार्पण गरिएको छ । आवरण प्रकाशनद्वारा सोमबार आयोजित कार्यक्रममा साहित्यकार प्रा.डा गोविन्दराज भट्टराईले कृति लोकार्पण गर्दै देशाटनले संक्षेपमा देशका सबै जिल्ला घुमाएको अनुभूति भएको बताए ।

साहित्यकार तीर्थराज वन्तले लेखक पौडेल रेडक्रसकर्मीका नाताले नियमित रूपमा डायरी लेख्ने भएकाले कृति प्रकाशन गर्न सहज भएको उल्लेख गरे । समीक्षक राजकुमार बानियाँले जीवनको गतिशीलता नै यात्रा लेखनको चिनारी भएको बताए। कृतिकार श्रष्टा पौडेलले कृतिमाथि धारणा राख्दै सबै जिल्ला घुम्दाका सम्झना अहिले पनि ताजै भएर सल्बलाएको हुँदा देशाटनका रूपमा प्रकाशन गरेको भनाइ राखे । 

आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले देशाटनले संस्मरण विधाको लोकप्रियतालाई बढाउने गरी न्यूमिडिया शैलीमा विश्वव्यापी बनाउने समेत जानकारी दिए। 

कृतिकार पौडेलका यसअघि रेडक्रकर्मी ‘ऊ’, ‘शिक्षाका ती दिन’ र ‘सयपत्री’ शीर्षकमा कृति प्रकाशित छन् । 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ७ : ३५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै