सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस « Khabarhub

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस


९ असार २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि सिफारिस गरेको छ । प्रतिष्ठानको ६८औँ वार्षिकोत्सवका उपलक्ष्यमा आज यहाँ आयोजना भएको राष्ट्रिय कविता महोत्सव, २०८२ मा सहभागी कविहरुका कवितामध्ये मूल्याङ्कन समितिको सिफारिसका आधारमा १० कविता पुरस्कारका लागि छनोट गरिएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका अनुसार पुरस्कारका लागि सिफारिस हुनेमा सिराहाका अविनाश भट्टराईको ‘छुटिजानेहरुको नाममा’, मोरङका कर्ण सञ्जयको ‘पिताजी अहाँ के छलौ (मैथिली भाषा), मकवानपुरका किशन पौडेलको ‘पृथ्वीको क्रन्दन’, लमजुङका गोमा श्रेष्ठको ‘भालेको मौन बिद्रोह’ र नवलपरासीका चन्द्रमणि चापागाईँको ‘औजार’ शीर्षकका कविता छन् ।

साथै रुकुमपश्चिमका तुलसी केसीको ‘तिम्रो गाउँको शून्यता’, मकवानपुरका मिरमा (रमा सुवेदी)को ‘अचेल हरेक रात पहाड रुन्छ’, सुनसरीका शमूएल कोइराला विश्वकर्माको ‘नेपाल मेरो घर’, ललितपुरका सन्ध्या महर्जनको ‘हिउँ सः ले तनाच्वंगु मौन म्हगस (नेपाल भाषा) र चितवनका सिर्जन अविरलको ‘जीवनको महक’ शीर्षकको कविता पनि पुरस्कारका लागि सिफारिस गभएको प्रतिष्ठानका सदस्य सचिव डा धनप्रसाद सुवेदीले जारी गरेको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  ९ : ०८ बजे

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा

राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे बालेन

काठमाडौं – प्रधानमन्त्री बालेन शाह राष्ट्रका नाममा सम्बोधन सम्पन्न गरेलगत्तै

राजनीतिक दलसँग सहकार्य गर्दै हिंसा रोक्न सरकारलाई देउवाको सुझाव

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले केही दिनयता मधेशका

प्रधानमन्त्रीको सम्बोधन : सद्भाव खलबल्याउने गतिविधिविरुद्ध कडा कदम चाल्छौं (पूर्णपाठ)

काठमाडौं – प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्दै सुनसरीको देवानगञ्ज, सिरहा