ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण « Khabarhub

ओलीले विद्यालाई रोक्ने घोषणा गर्दा एमाले बैठकमा विरोध र हो-हल्ला, मध्यरातमा सकियो समापन भाषण


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई रोक्ने गरी सदस्यता नवीकरण नभएको बताएपछि केन्द्रीय कमिटीको बैठकमा विरोध भएको छ।

तीन दिनदेखि जारी केन्द्रीय कमिटी बैठकलाई मंगलबार राति समापनका क्रममा लामो मन्तब्य दिएका ओलीले पूर्वराष्ट्रपतिले २०८१२ वैशाखमै नवीकरण गरिसकेको सदस्यतालाई मान्यता नदिने अडान राखेपछि विवाद र हो-हल्ला भएको थियो ।

ओलीले पूर्वराष्ट्रपतिलाई रोक्ने गरी सदस्यता नवीकरणका लागि पार्टीले निर्णय गर्नुपर्ने बताएपछि उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले कडा प्रतिवाद गरे । त्यसपछि देखिएको तनाव र विवादबीच ओलीले सम्बोधन गरे । ओलीले बैठकमा सम्बोधनका क्रममा आफूसँग प्रतिस्पर्धा गर्न आउन लागेको भन्दै पूर्वराष्ट्रपति भण्डारीको कडा आलोचना र निन्दासमेत गरे ।

स्थायी समिति सदस्य कर्ण थापाले विद्या भण्डारीका पक्षमा बोल्न उठेर समय मागेका थिए । तर उनलाई स्थायी कमिटी बैठकमै बोलेको भन्दै रोकिएको थियो ।

अध्यक्ष ओली नवीकरण गरेको सदस्यतासमेत रोकेर पूर्व राष्ट्रपतिलाई रोक्न लागेका छन् । उनले एमालेको राजनीतिमा उनलाई आउन नदिई ११ औँ महाधिवेशनमा आफैं अध्यक्ष हुने दाउमा छन् । उनले फेरि अध्यक्ष हुनका लागि आफूले सबै शक्ति प्रयोग गर्ने जनाउ पनि बैठकमा दिएका छन् ।

तर ओलीको चेतावनीबीच पनि केन्द्रीय कमिटीको बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पक्षमा पनि केन्द्रीय सदस्यहरू खुलेका छन् । पार्टी नेतृत्वको चेतावनीलाई बेवास्ता गर्दै केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूले भण्डारीको पक्षमा बोले ।

सोमबार केन्द्रीय कमिटीको बैठकको सुरुमा नै अध्यक्ष ओलीले भण्डारीको प्रवक्ता नबन चेतावनी दिएका थिए । ओलीले भनेका थिए, ‘कोही उहाँ (भण्डारी) को प्रवक्ता बन्नुभएको छ, किन पर्‍यो त्यो ?’

केन्द्रीय कमिटी बैठक अघि नै अध्यक्ष ओली र महासचिव शंकर पोखरेलले इन्चार्जहरूमार्फत् ओलीको पक्षमा बोल्न र विद्याको विपक्षमा बोल्न निर्देशन दिएका थिए ।

साउन ३ गते पोलिटब्युरो बैठक सकिएपछि भोलिपल्ट साउन ४ गते सबै प्रदेशमा इन्चार्जहरूलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर निर्देशन दिइएको थियो ।

पार्टी नेतृत्वबाट चौतर्फी चेतावनी र दबाबकोविच केन्द्रीय सदस्यहरू कैलाश ढुङ्गेल, इन्द्रलाल सापकोटा, रचना खड्का, अरबिन्द सिंह, युवराज बाँस्कोटा, रामलाल साह, बिनादेवी राई, शिव सुवेदी, कैलाश ढुंगेल, शिव सुवेदी, केदार न्यौपाने, पार्वती रावल लगायत नेताहरूले आफूलाई भण्डारीको पक्षमा उभ्याएका हुन् ।

केन्द्रीय सदस्य केदार न्यौपानेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई विवाद नगरी पार्टीमा स्वागत गर्नुपर्ने बताए । न्यौपानेले भण्डारीले सदस्यता त्यागेको विषय प्राविधिक भएको भन्दै यसलाई विवादको विषय बनाउन नहुने बताएका हुन्।

‘विद्या भण्डारी पार्टीमा लाग्दा यो पार्टी बलियो नै हुन्छ, राष्ट्रपति बनाउने निर्णय यो पार्टीले गरेको हो र उहाँले त्याग्नु भएको सदस्यता भनिएको कुरा प्राविधिक कुरा हो,’ उनले भने, ‘त्यसैले उहाँको पार्टी सदस्यलाई विवादको विषय नबनाइयोस् र उहाँलाई पार्टीमा स्वागत गरियोस्।’

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ०६ बजे

काठमाडौँ महानगरबाट ‘डाउन सिन्ड्रोम’लगायत अवस्थाका परीक्षार्थीलाई विशेष व्यवस्था

काठमाडौँ– काठमाडौँ महानगरपालिका (कामपा)ले अटिजम, बौद्धिक अपाङ्गता, डाउन सिन्ड्रोमलगायत अवस्थाका

ईदले आपसी सद्भाव र एकताको भावना सुदृढ गर्छ : प्रधानमन्त्री कार्की

काठमाडौँ– प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले ईद–उल–फित्रको अवसरमा नेपालीबीच आपसी सम्मान,

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

रुकुम पूर्व– रुकुम पूर्वमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्ग अवरुद्ध

काठमाडौँको घण्टाघरस्थित मस्जिदमा ‘इद उल फित्र’ मनाइयो (तस्बिरहरू)

काठमाडौँ– अरबी पात्रो अनुसार ‘इद उल फित्र’ पर्व आज देशभरका

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते