आज २०८२ साल साउन ७ गते बुधबारको राशिफल « Khabarhub

आज २०८२ साल साउन ७ गते बुधबारको राशिफल


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल साउन ७ गते बुधबार। साउन कृष्ण पक्षको चतुर्दशी तिथि। तदनुसार सन् २०२५ जुलाई २३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सामान्य छ। अप्ठेरो काममा तपाईंलाई अघि लगाउनेको संख्या ठुलो छ। स्वास्थ्यमा ख्याल नगर्ने बानीले सताउने छ। शिक्षाको क्षेत्रमा गरेको मिहिनेतबाट लाभ हुनेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन राम्रो छ। तपाईंको बोलीको प्रभावले राम्रो काम बन्नेछ। विदेश यात्रा हुने योग छ। धन आर्जन हुनेछ। सम्पत्तिको सदुपयोग गर्नु उचित हुनेछ। परिवारले भने शंका गर्ने जोखिम छ।

मिथुन : दिन राम्रो छ। तपाईंले सुरु गरेको काम सहजै बन्नेछ। राज्यका तर्फबाट सेवामुलक कामको सुरुवात हुनेछ। अग्रजको सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा पहुँच विस्तार हुनेछ। विपक्षीसँग जोगिएर काम गर्नु राम्रो हुन्छ।

कर्कट : दिन सामान्य छ। आम्दानी भन्दा खर्च बढ्नेछ। स्वदेशमा रोजगारीको अवसर प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। जग्गाको कारोबारबाट लाभ हुनेछ।

सिंह : दिन सामान्य छ। बोलीका कारण आफन्त टाढा हुनेछन्। सञ्चित धन खर्च हुनेछ। अग्रजसँग नम्र भएर प्रस्तुत हुनुपर्ने छ। आम्दानीको स्रोत बढ्नेछन्। प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। खर्च बढ्नेछ। आफन्तले विरोध गर्नेछन्। व्यवहार गर्दा सचेत बन्नुपर्ने छ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।

तुला : दिन राम्रो छ। राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा साथीहरु दाहिने भएकाले पहुँच बढाउन हिम्मत गर्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ।

वृश्चिक : दिन राम्रो छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। साथीसँगको भेटले मन शान्त बन्नेछ। शिक्षा र स्वास्थ्यको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने समय छ। दिन खराब भएकाले काम गर्दा सचेत बन्नु उचित हुन्छ।

धनु : दिन राम्रो छ। स्वास्थ्यमा सुधार हुनेछ। विपक्षी साथीको साथमा तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। राजनीतिक क्षेत्रमा भने आज अगाडि नबढ्नु उचित हुन्छ।

मकर : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। आम्दानी भन्दा खर्च बढ्ने जोखिम छ। शिक्षा र बौद्धिक क्षेत्रको लगानीबाट आंशिक फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन राम्रो छ। पुराना साथीसँग भेट हुनेछ। विपक्षी साथी शान्त छन्। काम गर्न सहज वातावरण बन्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। अनावश्यक यात्रामा भने खर्च बढ्ने जोखिम छ।

मीन : दिन सामान्य छ। दैनिक काममा सुधार हुनेछ। अग्रजको साथमा गरेको काम सफल बन्नेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ०२ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले