भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला | Khabarhub Khabarhub

भूमि विधेयकमा एमालेको प्रस्ताव शङ्कास्पद, गहन छलफल आवश्यक : शेखर कोइराला


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले फास्टट्रयाकबाट भूमि विधेयक पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको बताएका छन् ।

कोइरालाले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत घुस प्रकरणमा मुछिएका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री  पदमा बहालै रहेको अवस्थामा भूमि विधेयक पास गर्न खोज्नु शङ्कास्पद भएको उल्लेख गरेका हुन् ।

उनले भने, ‘पोखरा जग्गा घुस प्रकरणमा जोडिएका एमालेका दुई मध्ये एक मन्त्री (भूमिसुधार) अझै राजीनामा नदिई पदमै भइरहेको स्थितिमा भूमि विधेयक फास्टट्रयाकबाट पास गरौँ भन्ने एमालेको प्रस्तावले प्रशस्त शङ्का उब्जाएको छ । यो अवस्थालाई दुई छुट्टाछुट्टै नै मान्न सकिन्न ।’

उनले नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो नभएको उल्लेख गर्दै पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलियामाथि निष्पक्ष छानबिन गर्न माग गरेका छन् । उनले भूमि विधेयकमा सम्बन्धित समितिमा गहन छलफल आवश्यक रहेको बताएका छन् । 

उनले लेखेका छन्– ‘नेपाली कांग्रेसले सरकारबाट खोजेको सुशासन यस्तो हैन। पोखरा जग्गा प्रकरणमा मुछिएका मन्त्री, सांसद, कर्मचारी र बिचौलिया माथि निष्पक्ष छानबिन गरौँ, भूमि विधेयकमा समितिमा गहन छलफल गरौँ ।’

पोखराको बाटुलेचौरस्थित लिची बगान क्षेत्रको १३४ रोपनी जग्गा प्रकरणमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीमाथि ३३ लाख रुपैयाँ घुसको डिल भएको आरोप छ । 

यस प्रकरणपछि सामान्य प्रशासनमन्त्री गुप्ताले भने राजीनामा दिइसकेका छन् । 

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १० : ०९ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ