कांग्रेस जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक सम्पन्न « Khabarhub

कांग्रेस जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक सम्पन्न


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चण्डीगढ– नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक बसेको छ ।

बीपी कोइरालाको ३४औँ स्मृति दिवसको अवसरमा मङ्गलबार चण्डीगढको गढवाल भवनस्थित सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक बसेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले दीप प्रज्वलन गरी बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

उनले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नवीकरण र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा सङ्गठनात्मक विषयमा प्रशिक्षण दिएका थिए ।

अध्यक्ष पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा सङ्गठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रीय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गरे । जसमा केन्द्रीय प्रतिनिधि एकजना, क्षेत्रीय प्रतिनिधि दुईजना र महिला प्रतिनिधि एकजना समावेश हुने छन् ।

कार्यक्रममा चण्डीगढ क्षेत्रीय समितिका कार्यकर्ताहरूले सङ्गठनप्रति प्रतिबद्धता व्यक्त गर्दै बीपी कोइरालाको सपनालाई साकार पार्न सामूहिक सङ्कल्प लिएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : २१ बजे

जुम्लामा शैक्षिकसत्र अगावै पुग्यो पाठ्यपुस्तक

जुम्ला – जुम्लामा नयाँ शैक्षिकसत्र अगावै पाठ्यपुस्तक आइपुगेको छ ।

घरेलु मैदानमा आर्सनल स्तब्ध, उपाधि यात्रामा धक्का

काठमाडौं – आर्सनलको उपाधि जित्ने सम्भावनामा ठूलो धक्का लागेको छ।

दुई अमेरिकी युद्धपोतले पार गरे ‘स्ट्रेट अफ हर्मुज’

वासिङ्टन – अमेरिकाले रणनीतिक जलमार्ग ‘सफा गर्न’ सुरु गरेको र

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर