कांग्रेस जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक सम्पन्न « Khabarhub

कांग्रेस जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक सम्पन्न


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

चण्डीगढ– नेपाली जनसम्पर्क समिति पश्चिमोत्तर भारत क्षेत्रीय समितिको बैठक बसेको छ ।

बीपी कोइरालाको ३४औँ स्मृति दिवसको अवसरमा मङ्गलबार चण्डीगढको गढवाल भवनस्थित सेक्टर २९ मा प्रशिक्षण तथा संयुक्त बैठक बसेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका पूर्व आमन्त्रित केन्द्रीय सदस्य तथा नेपाली जनसम्पर्क समिति भारतका केन्द्रीय अध्यक्ष बालकृष्ण पाण्डेले दीप प्रज्वलन गरी बीपी कोइरालाको तस्वीरमा माल्यार्पण गरी कार्यक्रमको उद्‌घाटन गरेका थिए ।

उनले प्रशिक्षण सत्रमा नेपाली कांग्रेसको क्रियाशील सदस्यता, नवीकरण र नयाँ फारामहरू क्षेत्रीय समितिलाई हस्तान्तरण गर्नुका साथै समसामयिक राजनीतिक, सामाजिक, आर्थिक तथा सङ्गठनात्मक विषयमा प्रशिक्षण दिएका थिए ।

अध्यक्ष पाण्डेले पश्चिमोत्तर भारतका २२ शाखाहरूको भ्रमण, जनजागरण तथा सङ्गठन सुदृढीकरणको उद्देश्यसहित केन्द्रीय प्रतिनिधिमण्डल गठन गर्ने घोषणा गरे । जसमा केन्द्रीय प्रतिनिधि एकजना, क्षेत्रीय प्रतिनिधि दुईजना र महिला प्रतिनिधि एकजना समावेश हुने छन् ।

कार्यक्रममा चण्डीगढ क्षेत्रीय समितिका कार्यकर्ताहरूले सङ्गठनप्रति प्रतिबद्धता व्यक्त गर्दै बीपी कोइरालाको सपनालाई साकार पार्न सामूहिक सङ्कल्प लिएका थिए ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : २१ बजे

एमालेले आज काठमाडौंमा जनप्रदर्शन र सभा गर्दै

काठमाडौं– नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन र जनसभा गर्ने भएको

आईसीसी महिला टी–२० : थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा

काठमाडौं– आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा नेपाल र थाइल्याण्ड

पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा समूह पार्टीको आधिकारिकता दाबीका लागि

तन्नेरीको काँधमा कांग्रेस

आम नेपाली जनताले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई राम्रै भनेका थिए ।

काठमाडौंको मेयरबाट राजीनामा दिँदै बालेन : आजै रास्वपा बैठकमा सहभागी हुने

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आज पदबाट