सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी « Khabarhub

सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

धरान– सोमबारदेखि सप्तकोशी नदीमा बेपत्ता भएका बालकको खोजी जारी रहेको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–१ का १२ वर्षीय दीपेश मेहता सप्तकोशी नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए । 

गत सोमबार बिहान करिब ९ः४५ बजे बराहक्षेत्र नगरपालिका–९ राजाबासस्थित दुई जना साथीसँग कोशी नदीमा पौडी खेल्न गएकामध्ये दुई जना सकुशल निस्किएका थिए भने उनी बेपत्ता भएका सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए ।

सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त टोली र नेपाल प्रहरीको समन्वयमा बालकको खोजी जारी रहेको उपरीक्षक थापाले बताए। खोजी कार्य बराहक्षेत्र–९ स्थित सप्तकोशी नदी आसपास केन्द्रित गरिएको छ । हालसम्म बालक फेला नपरेका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ३६ बजे

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको