अहिलेसम्म कतिले गरे सगरमाथा आरोहण ? महिला मात्रै ७०४ जना | Khabarhub Khabarhub

अहिलेसम्म कतिले गरे सगरमाथा आरोहण ? महिला मात्रै ७०४ जना


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन विभागले नेपालका हिमाल आरोहणको तथ्याङ्क समावेश भएको ‘माउन्टरिङ इन नेपाल फ्याक्स एन्ड फिगर २०२५’ सार्वजनिक गरेको छ । जसमा हालसम्म नेपाली हिमालमा ककसले आरोहण गरे भन्ने नामसहितको तथ्याङ्‍क समावेश छ ।

विभागको तथ्याङ्‍कअनुसार सन् २०२४ को मे महिनासम्म विश्वभरीका ७०४ जना महिलाले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेई थिइन्, जसले सन् १९७५ मे महिनाको १६ गते सगरमाथा आरोहण गरेकी थिइन् ।

त्यस्तै, तथ्याङ्‍कअनुसार सन् २०२४ को मे २० मा महिनामा भारतकी रिना देवीले सगरमाथा आरोहण गरेकी थिइन् ।

सन् २०२४ मे सम्म ९०७७ जनाले गरे सगरमाथा आरोहण

विभागको तथ्याङ्‍कअनुसार पहिलो आरोहणदेखि सन् २०२४ को मे महिनासम्म नौ हजार ७७ जनाले सगरमाथा आरोहण गरेका छन् ।

सन् १९५३ को मे २९ मा नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए । उनीहरूले ब्रिटिस एक्सपेडिसन समूहको तर्फबाट लर्ड जोन हन्टको नेतृत्वमा सगरमाथा आरोहण गरेका थिए ।

विभागको तथ्याङ्‍कअनुसार सन् २०२४ मे २२ मा नेपालका विनोदबाबु बस्ताकोटीले सगरमाथाको आरोहण गरेका थिए ।

सन् २०१० अघिसम्म दुई हजार सात सय सात जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए भने सन् २०१० देखि २०२४ सम्म दुई हजार ६ सय ७८ जना आरोही र तीन हजार ६ सय ९१ जना सहयोगी सदस्यले सगरमाथाको आरोहण गरेका थिए ।

सन् २०२४ मा भने सबैभन्दा धेरै नेपाली आरोहीले नै सगरमाथा आरोहण गरेको विभागले जनाएको छ । विभागका अनुसार सन् २०२४ मा ४९४ जना नेपालीले सगरमाथा आरोहण गरेका थिए भने दोस्रोमा ५४ जना चिनियाँ, ४६ जना अमेरिकी र २६ जना बेलायतीले सगरमाथा आरोहण गरेका थिए ।

त्यस्तै, सन् १९५५ मे २५ देखि सन् २०२४ मे २७ सम्म पाँच सय ९६ जनाले कञ्चनजङ्‍घा हिमालको आरोहण गरेका छन् । जसमध्ये सो हिमालको पहिलो आरोहण चार्ल्स एच इभान्सको नेतृत्वमा युके स्प्रिङ १९५५ समूहको तर्फबाट जर्ज क्रिस्टोफर ब्यान्डले गरेका थिए ।

विभागको तथ्याङ्‍कअनुसार ल्होत्से हिमाल सुरुवात समयदेखि सन् २०२४ मे २० सम्म १२९६ जनाले आरोहण गरेका छन् । ल्होत्से हिमालको पहिलो आरोहण स्वीट्जरल्यान्डका अर्नेस्ट रेइसले १९५६ मे १८ मा गरेका थिए ।

यालुङकाङ हिमालको आरोहण सुरुवाती समयदेखि हालसम्म ५३ जना, मकालुको आरोहण आठ सय २७ जना, चोयुको आरोहण, २१ जना, धौलागिरिको आरोहण ६ सय ८८ जना, मनास्लुको आरोहण तीन हजार ६ सय ४३ र अन्नपूर्ण हिमालको आरोहण हालसम्म पाँच सय २४ जनाले गरेको विभागको तथ्याङ्‍कले देखाएको छ ।

साथै, आठ हजार मिटरभन्दा कम उचाइ भएका नुप्त्से, अन्नपूर्ण–४, पुथा हिउँचुली, लाङटाङ लिरुङ, बरुण त्से, हिमलुङ, पान्ड्रा, आम्डाब्लाम, फोले, जुगल, फुङ्गी, टाङकाङपोचे, पट्रासी, गनचेम्पो, सारबुङ, सार्फु, टाङकोमा, स्यानकुट्री, जुगल तेस्रो, थाकर गो इस्ट, यासा थाक, थोरोङ पिकलगायतका दर्जनौँ हिमालमा हजारौँ आरोहीले आरोहण गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ४५ बजे

गत वर्ष ३९ अर्ब बढीको धान–चामल आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) २०८१–०८२ मा ठूलो परिमाणमा धान-चामल

नेपालको निर्यातमा ऐतिहासिक वृद्धि : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा ऐतिहासिक वृद्धि भएको

डाक्टरको मनपरी विज्ञापन, नियामक निकाय गर्दैन अनुगमन

काठमाडौं– सरकारी तथा गैरसरकारी चिकित्सकले आफ्नो विज्ञापन गर्न पाउँदैनन् ।

चालीस अर्ब बढीको मोबाइल र ल्यापटप आयात

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा ४० अर्ब

गत वर्ष २४ करोड बढीको भित्रियो कण्डम

काठमाडौं– गत आर्थिक वर्ष (आव) ०८१–०८२ मा नेपालमा पुरुषले गर्भनिरोधका