अहिलेसम्म कतिले गरे सगरमाथा आरोहण ? महिला मात्रै ७०४ जना « Khabarhub

अहिलेसम्म कतिले गरे सगरमाथा आरोहण ? महिला मात्रै ७०४ जना


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन विभागले नेपालका हिमाल आरोहणको तथ्याङ्क समावेश भएको ‘माउन्टरिङ इन नेपाल फ्याक्स एन्ड फिगर २०२५’ सार्वजनिक गरेको छ । जसमा हालसम्म नेपाली हिमालमा ककसले आरोहण गरे भन्ने नामसहितको तथ्याङ्‍क समावेश छ ।

विभागको तथ्याङ्‍कअनुसार सन् २०२४ को मे महिनासम्म विश्वभरीका ७०४ जना महिलाले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहण गर्ने पहिलो महिला जुनको ताबेई थिइन्, जसले सन् १९७५ मे महिनाको १६ गते सगरमाथा आरोहण गरेकी थिइन् ।

त्यस्तै, तथ्याङ्‍कअनुसार सन् २०२४ को मे २० मा महिनामा भारतकी रिना देवीले सगरमाथा आरोहण गरेकी थिइन् ।

सन् २०२४ मे सम्म ९०७७ जनाले गरे सगरमाथा आरोहण

विभागको तथ्याङ्‍कअनुसार पहिलो आरोहणदेखि सन् २०२४ को मे महिनासम्म नौ हजार ७७ जनाले सगरमाथा आरोहण गरेका छन् ।

सन् १९५३ को मे २९ मा नेपालका तेन्जिङ नोर्गे र न्यूजिल्यान्डका एडमन्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए । उनीहरूले ब्रिटिस एक्सपेडिसन समूहको तर्फबाट लर्ड जोन हन्टको नेतृत्वमा सगरमाथा आरोहण गरेका थिए ।

विभागको तथ्याङ्‍कअनुसार सन् २०२४ मे २२ मा नेपालका विनोदबाबु बस्ताकोटीले सगरमाथाको आरोहण गरेका थिए ।

सन् २०१० अघिसम्म दुई हजार सात सय सात जना आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए भने सन् २०१० देखि २०२४ सम्म दुई हजार ६ सय ७८ जना आरोही र तीन हजार ६ सय ९१ जना सहयोगी सदस्यले सगरमाथाको आरोहण गरेका थिए ।

सन् २०२४ मा भने सबैभन्दा धेरै नेपाली आरोहीले नै सगरमाथा आरोहण गरेको विभागले जनाएको छ । विभागका अनुसार सन् २०२४ मा ४९४ जना नेपालीले सगरमाथा आरोहण गरेका थिए भने दोस्रोमा ५४ जना चिनियाँ, ४६ जना अमेरिकी र २६ जना बेलायतीले सगरमाथा आरोहण गरेका थिए ।

त्यस्तै, सन् १९५५ मे २५ देखि सन् २०२४ मे २७ सम्म पाँच सय ९६ जनाले कञ्चनजङ्‍घा हिमालको आरोहण गरेका छन् । जसमध्ये सो हिमालको पहिलो आरोहण चार्ल्स एच इभान्सको नेतृत्वमा युके स्प्रिङ १९५५ समूहको तर्फबाट जर्ज क्रिस्टोफर ब्यान्डले गरेका थिए ।

विभागको तथ्याङ्‍कअनुसार ल्होत्से हिमाल सुरुवात समयदेखि सन् २०२४ मे २० सम्म १२९६ जनाले आरोहण गरेका छन् । ल्होत्से हिमालको पहिलो आरोहण स्वीट्जरल्यान्डका अर्नेस्ट रेइसले १९५६ मे १८ मा गरेका थिए ।

यालुङकाङ हिमालको आरोहण सुरुवाती समयदेखि हालसम्म ५३ जना, मकालुको आरोहण आठ सय २७ जना, चोयुको आरोहण, २१ जना, धौलागिरिको आरोहण ६ सय ८८ जना, मनास्लुको आरोहण तीन हजार ६ सय ४३ र अन्नपूर्ण हिमालको आरोहण हालसम्म पाँच सय २४ जनाले गरेको विभागको तथ्याङ्‍कले देखाएको छ ।

साथै, आठ हजार मिटरभन्दा कम उचाइ भएका नुप्त्से, अन्नपूर्ण–४, पुथा हिउँचुली, लाङटाङ लिरुङ, बरुण त्से, हिमलुङ, पान्ड्रा, आम्डाब्लाम, फोले, जुगल, फुङ्गी, टाङकाङपोचे, पट्रासी, गनचेम्पो, सारबुङ, सार्फु, टाङकोमा, स्यानकुट्री, जुगल तेस्रो, थाकर गो इस्ट, यासा थाक, थोरोङ पिकलगायतका दर्जनौँ हिमालमा हजारौँ आरोहीले आरोहण गरेका छन् ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १२ : ४५ बजे

भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको

न्युजिल्यान्डलाई नेपाल ‘ए’ले दियो २१२ रनको लक्ष्य

काठमाडौँ – अष्ट्रेलियामा जारी शृङ्खलाको अन्तिम एकदिवसीय खेलमा नेपाल ‘ए’

एसिसी प्रिमियर कप : साउदीले नेपाललाई दियो १९१ रनको चुनौती

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत आइतबार

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई