घुस प्रकरण : राजकुमार गुप्तापछि रञ्जिता श्रेष्ठले पनि अख्तियार पुगेर दिइन् बयान « Khabarhub

घुस प्रकरण : राजकुमार गुप्तापछि रञ्जिता श्रेष्ठले पनि अख्तियार पुगेर दिइन् बयान


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पोखरास्थित लिची बगानको जग्गा व्यक्तिको नाममा लैजान ७८ लाख रुपैयाँ घुसकाण्डमा जोडिएकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगेर बयान दिएकी छन् ।

उनले बुधबार बिहान अख्तियार पुगेर उक्त घुस प्रकरणमा बयान दिएकी हुन् । उक्त घुस प्रकरणमा बिचौलियामा भनिएका एमालेका कार्यकर्ता सुजन लामा र निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताबीचको लेनदेनमा जोडिएकी श्रेष्ठले अख्तियारमा पुगेर बयान दिएकी हुन् ।

उनले घुस लेनदेन र कारोबारका लागि संवाद गरेको म्यासेज पनि अहिले भाइरल भइरहेको छ। अख्तियारमा पुगेर उनले भ्वाइस टेस्ट गराउनुका साथै उक्त प्रकरणमा जोडिएका बिषयामा बयान दिएर निस्किएकी छन् ।

७८ लाख रूपैयाँ घुसकाण्डको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मन्त्री गुप्ताले राजीनामा दिएका थिए । गुप्ताले मंगलबार मात्रै अख्तियार पुगेर ‘भ्वाइस टेस्ट’ र आवश्यक बयान दिइसकेका छन् ।

घुस लेनदेन गरेको अडियोसहित परेको उजुरी परेपछि अख्तियारले छानबिन थालेको थियो। घुसको अडियो प्रकरण छानबिनका लागि अख्तियारले ‘भ्वाइस टेस्ट’ गर्न गुप्तालाई मंगलबार बोलाएको थियो । अख्तियारका एक सदस्यले गुप्ता मंगलबार हाजिर भए भने श्रेष्ठ बुधबार बिहान हाजिर भएकी हुन् ।

गुप्ता एमाले केन्द्रीय सदस्यसमेत हुन् र उनी जारी केन्द्रीय कमिटी बैठकमा पनि सहभागी थिए ।  

भूमिसुधार तथा मालपोत कार्यालय पोखराका प्रमुखको सरुवा थमौती र भूमि आयोग कास्कीमा अध्यक्ष नियुक्तिका लागि ७८ लाख घुस लेनदेन गरेको अडियो सार्वजनिक भएपछि गुप्ताले पद गुमाएका थिए । त्यसै प्रकरणमा बिचौलियाको भूमिकामा पूर्व भूमि व्यवस्था मन्त्रीसमेत रहेकी रञ्जिता देखिएकी थिइन् ।

गुप्ताले घुस लेनदेन नगरेको जिकिर गर्दै आएका छन्। अडियो पनि आफ्नो नभएको जिकिर उनले गरिरहँदा अख्तियारले झिकाएको हो । उनले घुस बार्गेनिङ गरेपछि पैसाको झोला नै सरकारी निवासमा छाडेर गएको स्वीकारेका थिए । यसबारे उजुरी परेपछि अख्तियारले छानविन अघि बढाएको हो । अख्तियारको अनुसन्धानमा बिचौलिया सुजन र गुप्ताकै अडियो भएको पुष्टि भइसकेको छ ।

पूर्वमन्त्री गुप्ताले घुस डिल गरेकोबारे अडियोसहित उजुरी परेकाले भ्वाइस टेस्ट गरेर अनुसन्धान अघि बढाइसकेको छ । अख्तियारले जनाएको छ । यस प्रकरणमा ३२ लाख घुस डिल गरेको दाबीसहितको अडियो भूमि व्यवस्था मन्त्री बलराम अधिकारीकोसमेत बाहिरिएको थियो । तर उनीमाथि भने कुनै छानबिन भएको छैन।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १ : १० बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ