‘सिटामोल’को ट्रेलर : पश्चिमको ग्रामीण गरिब परिवारको आर्थिक समस्या « Khabarhub

‘सिटामोल’को ट्रेलर : पश्चिमको ग्रामीण गरिब परिवारको आर्थिक समस्या


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन २३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्मका शीर्ष कलाकार नायक सौगात मल्ल र नायिका बेनिशा हमालको उत्तारचढावको घटनामा ट्रेलर केन्द्रित छ ।

फिल्मले पश्चिमको ग्रामीण गरिब परिवारको आर्थिक समस्याको कथा उठान गरेको ट्रेलरले प्रष्ट पारेको छ ।

सौगातले शारीरिकरुपमा कमजोर पात्रको भूमिका निर्वाह गरेको देखिन्छ । उनको खुट्टामा समस्या देखिन्छ । ट्रेलरको अन्तिममा उनी थला परेको देखाइएको छ ।

ट्रेलरमा नायिका बेनिशाले पैसालाई महत्तव दिएको देखिन्छ । आर्थिक अवस्था कमजोर भए पनि उनी तडकभडक गर्न रुचाउने देखिन्छ ।

श्रीमान्को भूमिकामा रहेका सौगात थला परेपछि उनले छाडेको ट्रेलरले संकेत गर्छ । सौगात थला परेपछि यी दुईको दृश्य ट्रेलरमा देख्न सकिँदैन ।

यसबाहेक ट्रेलर गरिबीको कथामा नै केन्द्रित देखिन्छ । सौगातले चरित्र निर्माणमा मिहिनेत गरेको देखिन्छ । नायिका बेनिशा ग्रामीण महिलाको भूमिकामा छिन् । यी दुवैको चरित्रले दर्शकलाई फिल्मप्रति आकर्षण बढाउन सक्छ ।

राज बहादुर साने निर्देशित यस फिल्ममा श्री कृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भुगोल कार्की लगायतको अभिनय रहेको बताइएको छ ।

तुल्सी देवी फिल्म प्रालीले जुनतारा फिल्मस्को सहकार्यमा बनेको यस फिल्मका लेखक प्रदीप भारद्धाज र निर्देशक साने हुन् । प्रस्तुतकर्ता सिमोस सुनुवार हुन् भने निर्माताहरु भुगोलकुमार कार्की र विकासराज जोशी हुन् ।

ट्रेलर :

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ४ : ४४ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ आइपुग्यो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज