अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ | Khabarhub Khabarhub

अमेरिकासँगको व्यापार वार्तामा ‘समन्वयलाई सुदृढ’ बनाउने चीनको भनाइ


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनले आगामी साता स्टकहोममा हुने व्यापार वार्तामा संयुक्त राज्य अमेरिकासँग ‘समन्वयलाई सुदृढ’ बनाउने प्रयास गर्ने बुधबार जनाएको छ ।

वासिङ्टन र बेइजिङले यस वर्षको सुरुमा एकअर्काको निर्यातमा बढ्दो, प्रतिशोधात्मक कर लगाउने घोषणा गरेका थिए ।  प्रतिशोधात्मक करको वृद्धि तीन अङ्कमा पुगेपछि सम्झौताको वातावरण बनाउन भन्दै दुबै पछि हटेका थिए । 

त्यसअघि विवाद चुलिँदै जाँदा विश्वका दुई ठूला अर्थव्यवस्थाहरू बीचको व्यापार अवरुद्ध भएको थियो। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आगामी साता स्टकहोममा आफ्ना चिनियाँ समकक्षीसँग भेट्ने बताएका छन् । 

‘तेस्रो चरणको उच्चस्तरीय वार्ताले अगष्टको मध्यसम्ममा लेभीको समयसीमा स्थगन हुने सम्भावना देखिएको छ,’ बेसेन्टले फक्स बिजनेससँग बताए। 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले वार्तामा दुवै पक्षले समानता, सम्मान र पारस्परिक लाभका आधारमा मिलेर काम गर्न सक्ने आशा गरेको बताएका छन् । 

उनले भने, ‘हामी सहमति बढाउनेछौँ, असमझदारी कम गर्नेछौँ, सहयोगलाई बलियो बनाउनेछौँ र चीन–अमेरिका सम्बन्धको स्थिर, स्वस्थ र दिगो विकासलाई बढावा दिनेछौँ ।’

चीनका उपप्रधानमन्त्री दसईपक्षबीच स्वीडेनको राजधानी स्टकहोममा हुने वार्तामा सहभागी हुने कार्यक्रम रहेको छ । 

‘हे लाइफङ वार्ताका लागि जुलाई २७ देखि ३० सम्म स्वीडेनमा रहनुहुनेछ,’ वाणिज्य मन्त्रालयका प्रवक्ताले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

गत मे महिनामा जेनेभामा उच्च अधिकारीहरूको बैठकपछि दुवै पक्षले कर वृद्धिको स्तर घटाउन अस्थायी रूपमा सहमत भएका थिए। गत जुनमा लण्डनमा पनि दुई देशका अधिकारीबीच भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  ५ : ४३ बजे

भक्तपुरमा पृथक गठामङ्गल पर्व, राक्षसको प्रतीक घण्टाकर्ण टोलटोलमा घुमाएर मारियो

भक्तपुर – प्रत्येक साउन कृष्ण चतुर्दशीका दिन नेवार समुदायमा मनाइने

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य

प्रहरी नायव निरीक्षकमा ७७ जना बढुवा सिफारिस (सूचीसहित)

काठमाडाैं – नेपाल प्रहरीको जनपद प्रहरी समूहतर्फ ७७ जना प्रहरी

इयु–अमेरिका व्यापार वार्ता : समाधान खोज्ने प्रयास जारी, आवश्यक परेमा वैकल्पिक कदमको तयारी

ब्रसेल्स – युरोपेली संघ (इयु) का प्रमुख व्यापार प्रतिनिधि मारोस

पक्राउ परेका व्यक्तिको तस्बिर तथा भिडियो सार्वजनिक नगर्न प्रहरीको परिपत्र

काठमाडौं – प्रहरी प्रधान कार्यालयले कुनै पनि घटना तथा अपराधमा