६ जना इजरायली लडाकु मारिएको इरानको दाबी « Khabarhub

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी


८ भदौ २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ जना ‘इजरायल निकट लडाकु’ मारिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

‘सिस्तान–बलुचिस्तान प्रान्तमा आतङ्ककारीसँग भएको व्यापक सशस्त्र आक्रमणका क्रममा छ जना आक्रमणकारी मारिएका छन् भने अन्य दुई जनालाई पक्राउ गरिएको छ,’ गुप्तचर सेवाको एक विज्ञप्तिलाई उद्धृत गर्दै इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ।

उक्त रिपोर्टमा छापा कहिले मारिएको हो भन्ने बारे कुनै जानकारी दिइएको छैन।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान-बलुचिस्तान लामो समयदेखि सुरक्षा बल र लागुऔषध तस्कर र पृथकतावादीलगायत सशस्त्र समूहबीच झडपको ‘केन्द्र’ बनेको छ।

इरनाले पछिल्लो आक्रमणमा लक्षित समूहको ‘यहूदी प्रकृति’ लाई सङ्केत गर्ने ‘कागजात’ रहेको बताएको छ र यसका सदस्यहरूले इरानको पूर्वमा रहेको ‘महत्त्वपूर्ण’ सुविधामा आक्रमण गर्ने योजना बनाएको बताएको छ।

दुई गुप्तचर अधिकारी र एक प्रहरी अधिकारी झडपमा घाइते भएको इरनाले जनाएको छ।

इरानले यस प्रान्तमा प्रहरी वा इस्लामिक रिभोल्युसनरी गार्ड कोरका सदस्यलाई लक्षित गरी घातक आक्रमण हुने गरेको जनाएको छ।

गत शुक्रबार सुन्नी जिहादी समूह जैश अल-अदल (आर्मी अफ जस्टिस) ले सिस्तान-बलुचिस्तानमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो जसमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको थियो।

आइतबार इरानको सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा बलले अर्को जिहादी समूह अन्सार अल फुरकानका सात जना सदस्यलाई सिस्तान–बलुचिस्तानमा पनि हत्या गरेको थियो।

ठूलो सुन्नी मुस्लिम बलुच अल्पसंख्यकको घर रहेको यो प्रान्त शिया बाहुल्य देशको सबैभन्दा गरिब क्षेत्रमध्ये एक हो। (रासस/एएफपी)

प्रकाशित मिति : ८ भदौ २०८२, आइतबार  ६ : ३८ बजे

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो पाचौँ विकेट, हर्मित सिंहले लिए एकै ओभरमा दुई विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कोलम्बियामा जबर्जस्ती रकम असुलीसँग सम्बन्धित आक्रमणमा छ जनाको मृत्यु

काठमाडौँ– कोलम्बियाको दक्षिणपश्चिमी हुइला विभागको सुजा नगरपालिकास्थित ग्रामीण क्षेत्रमा जबर्जस्ती रकम

सप्तकोशी बोट दुर्घटनाबारे अध्ययन गर्न समिति गठन

विराटनगर– कोशी प्रदेश सरकारले प्रदेशको मुख्यन्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०८२-८३

इजरायलमा आमनिर्वाचन जारी, नेतान्याहूलाई पूर्वसेनाप्रमुख आइजेनकोटको चुनौती

काठमाडौँ –  इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वसेनाप्रमुख गादी आइजेनकोटबीच कडा