६ जना इजरायली लडाकु मारिएको इरानको दाबी « Khabarhub

६ जना इजरायली लडाकु मारिएको इरानको दाबी


८ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको दक्षिणपूर्वी क्षेत्रमा इरानी सेनाले गरेको कारबाहीमा छ जना ‘इजरायल निकट लडाकु’ मारिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएका छन्।

‘सिस्तान–बलुचिस्तान प्रान्तमा आतङ्ककारीसँग भएको व्यापक सशस्त्र आक्रमणका क्रममा छ जना आक्रमणकारी मारिएका छन् भने अन्य दुई जनालाई पक्राउ गरिएको छ,’ गुप्तचर सेवाको एक विज्ञप्तिलाई उद्धृत गर्दै इरानी सरकारी समाचार संस्था इरनाले जनाएको छ।

उक्त रिपोर्टमा छापा कहिले मारिएको हो भन्ने बारे कुनै जानकारी दिइएको छैन।

पाकिस्तान र अफगानिस्तानसँग सीमा जोडिएको सिस्तान-बलुचिस्तान लामो समयदेखि सुरक्षा बल र लागुऔषध तस्कर र पृथकतावादीलगायत सशस्त्र समूहबीच झडपको ‘केन्द्र’ बनेको छ।

इरनाले पछिल्लो आक्रमणमा लक्षित समूहको ‘यहूदी प्रकृति’ लाई सङ्केत गर्ने ‘कागजात’ रहेको बताएको छ र यसका सदस्यहरूले इरानको पूर्वमा रहेको ‘महत्त्वपूर्ण’ सुविधामा आक्रमण गर्ने योजना बनाएको बताएको छ।

दुई गुप्तचर अधिकारी र एक प्रहरी अधिकारी झडपमा घाइते भएको इरनाले जनाएको छ।

इरानले यस प्रान्तमा प्रहरी वा इस्लामिक रिभोल्युसनरी गार्ड कोरका सदस्यलाई लक्षित गरी घातक आक्रमण हुने गरेको जनाएको छ।

गत शुक्रबार सुन्नी जिहादी समूह जैश अल-अदल (आर्मी अफ जस्टिस) ले सिस्तान-बलुचिस्तानमा भएको आक्रमणको जिम्मेवारी लिएको थियो जसमा पाँच प्रहरी अधिकारीको मृत्यु भएको थियो।

आइतबार इरानको सरकारी सञ्चारमाध्यमका अनुसार सुरक्षा बलले अर्को जिहादी समूह अन्सार अल फुरकानका सात जना सदस्यलाई सिस्तान–बलुचिस्तानमा पनि हत्या गरेको थियो।

ठूलो सुन्नी मुस्लिम बलुच अल्पसंख्यकको घर रहेको यो प्रान्त शिया बाहुल्य देशको सबैभन्दा गरिब क्षेत्रमध्ये एक हो। (रासस/एएफपी)

प्रकाशित मिति : ८ भाद्र २०८२, आइतबार  ६ : ३८ बजे

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ