ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो | Khabarhub Khabarhub

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य नागरिकका रूपमा पार्टी गतिविधिमा सहभागी हुन संविधान वा एमालेको विधानले रोक्ने प्रावधान नरहेको जिकिर गरेका छन् ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले भने “राजनीति गर्न नपाइने भए संविधान वा विधानमा स्पष्ट उल्लेख हुनुपर्थ्यो, पार्टीका निर्णयहरू पनि त्यसैअनुसार हुनु जरुरी छ ।”

पोखरेलले भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइएको दाबी गरेका छन्। पोखरेलले २०८१ सालमै भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिए। “उहाँको ६४१ नम्बरको पार्टी सदस्यता छ, वेबसाइटमा देखाइएको विवरण राति हटाइएको भन्ने कुरा सुनेको छु,” उनले भने।

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिन केन्द्रीय कमिटीले निर्णय सुनाए पनि त्यो स्थायी रुपमा अन्तिम निर्णय नभएको स्पष्ट पार्दै पोखरेलले भने, “एकपल्ट निर्णय सुनाइयो भन्दैमा विषय क्लोज भयो भन्ने मलाई लाग्दैन। यो त पार्टीभित्र बहस र सरसल्लाहको विषय हो।”

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १० : ४६ बजे

राहदानी सेवा ५१ दिनपछि सञ्चालन

दमौली– गत भदौमा जेन-जीद्वारा गरिएको प्रदर्शनका क्रममा आगजनी र तोडफोडबाट

दुर्गा प्रसाईँले भने- मंसिर ७ देखि देशव्यापी आन्दोलन गर्छौँ 

काठमाडौं– राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा

शेख हसिनाको चेतावनी- अवामी लिगबिना निर्वाचनले बङ्गलादेशमा विभाजनको बीज रोप्नेछ

एजेन्सी– बंगलादेशकी फरार पूर्व प्रधानमन्त्री शेख हसिनाले आफ्नो पार्टी अवामी

‘अब सुन्छ अमेरिका’ विवादपछि गायक पशुपति भन्छन् – समस्या हुने देखेरै सम्झौता रद्द गरेको हुँ

काठमाडौं – ‘अब सुन्छ अमेरिका’ कार्यक्रमका आयोजक फ्लाई नेपालबाट अमेरिकामा