ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो « Khabarhub

ईश्वर पोखरेलले भने : विद्या भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइयो


७ श्रावण २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पूर्वराष्ट्रपतिलाई सामान्य नागरिकका रूपमा पार्टी गतिविधिमा सहभागी हुन संविधान वा एमालेको विधानले रोक्ने प्रावधान नरहेको जिकिर गरेका छन् ।

बीबीसी नेपाली सेवासँगको अन्तर्वार्तामा पोखरेलले भने “राजनीति गर्न नपाइने भए संविधान वा विधानमा स्पष्ट उल्लेख हुनुपर्थ्यो, पार्टीका निर्णयहरू पनि त्यसैअनुसार हुनु जरुरी छ ।”

पोखरेलले भण्डारीको पार्टी सदस्यता रातारात वेबसाइटबाट हटाइएको दाबी गरेका छन्। पोखरेलले २०८१ सालमै भण्डारीले पार्टी सदस्यता नवीकरण गरिसकेको जानकारी दिए। “उहाँको ६४१ नम्बरको पार्टी सदस्यता छ, वेबसाइटमा देखाइएको विवरण राति हटाइएको भन्ने कुरा सुनेको छु,” उनले भने।

पूर्वराष्ट्रपतिलाई राजनीतिमा आउन नदिन केन्द्रीय कमिटीले निर्णय सुनाए पनि त्यो स्थायी रुपमा अन्तिम निर्णय नभएको स्पष्ट पार्दै पोखरेलले भने, “एकपल्ट निर्णय सुनाइयो भन्दैमा विषय क्लोज भयो भन्ने मलाई लाग्दैन। यो त पार्टीभित्र बहस र सरसल्लाहको विषय हो।”

प्रकाशित मिति : ७ श्रावण २०८२, बुधबार  १० : ४६ बजे

सन्तान नजन्माएको भन्दै शिक्षकले नै श्रीमतीलाई बारम्बार यातना दिएपछि…

काठमाडौं- बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएको भन्दै परिवारले

पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति

देशका अधिकांश क्षेत्रमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ–जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा

बालेन सरकारले दलीय ट्रेड युनियन खारेज गरे कसो गर्लान् शिक्षक-कर्मचारी ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वाचापत्रअनुसार केही दिनमा बन्ने बालेन्द्र

साताको कार्टुन : भ्रष्टलाई हान्ने र भनेको मान्नेलाई छान्ने

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा भारी बहुमत ल्याएको