आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल « Khabarhub

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ अगष्ट २३ तारिख। आज बुवाको मुख हेर्ने दिन, कुशे औंसी, गोकर्ण स्नान। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : आज तपाईंको दिन राम्रो छैन। साना कुराले मन अशान्त बन्नेछ। सोचेको काम नबन्दा निरासा बढ्ने जोखिम छ। परिवारमा चिन्ता र असन्तुष्टि बढ्नेछ।

वृष : आज गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। छोटो दुरीको यात्रा हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुने योग छ। हरेक काममा सकारात्मक सन्देश सुन्ने अवसर मिल्नेछ।

मिथुन : परिवारमा विवाद बढ्नेछ। चिन्ता थपिनेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछ। अरुको साथमा लगानी गरेको राम्रो हुनेछ। अध्ययनमा अरुची बढ्नेछ।

कर्कट : मिष्ठान्न भोजन हुनेछ। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा तपाईंको भाग्य उदय हुने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा हात नहालेको राम्रो हुनेछ।

सिंह : अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने दिन रहेको छ। तपाईंका विरोधी  बढ्नेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। परिवारको साथमा बसेर मिष्ठान्न भोजन खान पाइने योग रहेको छ। राजनीतिकमा फाइदा हुनेछ। मिहिनेत गरेको क्षेत्रमा बढुवा हुनेछ।

तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। स्वास्थमा सुधारका संकेत देखिनेछन्। तपाईंको कामको प्रशंसा हुनेछ। मिहिनेत गरेको ठाउँबाट इमान प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। चिन्ता बढ्नेछ। व्यवसायमा घाटा हुनेछ। राज्यबाट भय, त्रासको जोखिम छ। धार्मिक काममा रुची बढ्नेछ।  प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। अपमान भोग्नुपर्ने हुनसक्छ। पूर्वको एकल यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थमा भने सुधारका संकेत देखिनेछन्। परिवार र साथीसँग गोपनीयता कायम गर्नुपर्नेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा आजको गरेको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिमा मन जानेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कुम्भ : गुम्न लागेको धन प्राप्त हुनेछ। नयाँ वस्त्र धारण गर्ने दिन छ। शिक्षामा मन जानेछ, लगानी भए फाइदा हुनेछ। आज साथीसँग बसेर रमाइलो गर्ने दिन छ।

मीन : दिन सामान्य छ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सानो कुरामा चिन्ता बढ्नेछ। आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ५ : ३२ बजे

गुन्डुमा एमाले सचिवालय बैठक, चुनावी समीक्षा र समानुपातिक सूची टुङ्ग्याइँदै

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरको गुन्डुमा

इरानको कुर्दिस्तानमा भएका हमलामा १ सय १२ जनाको मृत्यु

काठमाडौं- इरानको कुर्दिस्तान प्रान्तमा अमेरिका र इजरायलले गरेको आक्रमणमा परी

इरानमाथिको हमलामा ५० हजार बढी सैनिक संलग्न : पेन्टागन

वाशिङ्टन डीसी- अमेरिकी रक्षा प्रशासन पेन्टागनका एक वरिष्ठ अधिकारीले इरानमाथि

इरान सम्झौता गर्न चाहन्छ, तर अहिले स्वीकार्य छैन : ट्रम्प

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित सम्झौताबारे टिप्पणी गर्दै

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौं– सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ नीति