आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल | Khabarhub Khabarhub

आज २०८२ साल भदौ ७ गते शनिबारको राशिफल


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८२ साल भदौ ७ गते शनिबार। भाद्र कृष्ण पक्षको औंसी तिथि। तदनुसार सन् २०२५ अगष्ट २३ तारिख। आज बुवाको मुख हेर्ने दिन, कुशे औंसी, गोकर्ण स्नान। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः  

मेष : आज तपाईंको दिन राम्रो छैन। साना कुराले मन अशान्त बन्नेछ। सोचेको काम नबन्दा निरासा बढ्ने जोखिम छ। परिवारमा चिन्ता र असन्तुष्टि बढ्नेछ।

वृष : आज गुम्न लागेको धन प्राप्त हुनेछ। आफन्तको सहयोग प्राप्त हुनेछ। छोटो दुरीको यात्रा हुनेछ। स्वास्थ्य र शिक्षामा प्रगति हुने योग छ। हरेक काममा सकारात्मक सन्देश सुन्ने अवसर मिल्नेछ।

मिथुन : परिवारमा विवाद बढ्नेछ। चिन्ता थपिनेछ। राजनीतिक क्षेत्रमा शत्रु बढ्नेछ। अरुको साथमा लगानी गरेको राम्रो हुनेछ। अध्ययनमा अरुची बढ्नेछ।

कर्कट : मिष्ठान्न भोजन हुनेछ। शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा तपाईंको भाग्य उदय हुने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा हात नहालेको राम्रो हुनेछ।

सिंह : अनावश्यक यात्रा हुनेछ। खर्च बढ्ने दिन रहेको छ। तपाईंका विरोधी  बढ्नेछन्। शिक्षा र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

कन्या : दिन राम्रो छ। व्यापारमा लाभ हुनेछ। परिवारको साथमा बसेर मिष्ठान्न भोजन खान पाइने योग रहेको छ। राजनीतिकमा फाइदा हुनेछ। मिहिनेत गरेको क्षेत्रमा बढुवा हुनेछ।

तुला : दिन राम्रो छ। मानसम्मान प्राप्त हुनेछ। स्वास्थमा सुधारका संकेत देखिनेछन्। तपाईंको कामको प्रशंसा हुनेछ। मिहिनेत गरेको ठाउँबाट इमान प्राप्त हुनेछ।

वृश्चिक : दिन सामान्य छ। चिन्ता बढ्नेछ। व्यवसायमा घाटा हुनेछ। राज्यबाट भय, त्रासको जोखिम छ। धार्मिक काममा रुची बढ्नेछ।  प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ।

धनु : दिन सामान्य छ। अपमान भोग्नुपर्ने हुनसक्छ। पूर्वको एकल यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थमा भने सुधारका संकेत देखिनेछन्। परिवार र साथीसँग गोपनीयता कायम गर्नुपर्नेछ।

मकर : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा आजको गरेको प्रयासले राम्रो नतिजा दिनेछ। राजनीतिमा मन जानेछ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला।

कुम्भ : गुम्न लागेको धन प्राप्त हुनेछ। नयाँ वस्त्र धारण गर्ने दिन छ। शिक्षामा मन जानेछ, लगानी भए फाइदा हुनेछ। आज साथीसँग बसेर रमाइलो गर्ने दिन छ।

मीन : दिन सामान्य छ। उत्तरको यात्रामा नजानु राम्रो हुनेछ। स्वास्थ्यमा समस्या आउन सक्छ। सानो कुरामा चिन्ता बढ्नेछ। आफूभन्दा ठूलाबाट अपमानित भएको महसुस हुनेछ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ५ : ३२ बजे

साफ यु–१७ च्याम्पियनसिप : नेपालको विजयी सुरुवात

काठमाडौं – नेपालले साफ यु–१७ च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ।

‘हामी नेपाल’ले भन्योः कुनै राजनीतिक दलसँग संलग्न छैनौं

काठमाडौं – मानवसेवामा समर्पित संस्था ‘हामी नेपाल’ ले हालै सम्पन्न

आपूर्ति मन्त्रालयले भन्यो : उपभोग्य वस्तुको आपूर्ति सहज छ, अनावश्यक सञ्चित नगर्नू

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक अत्यावश्यक उपभोग्य

प्रधानमन्त्री नपाएपछि खानेपानी र श्रम मन्त्री अस्वीकार गरेको हर्कको दाबी

काठमाडौं – जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले धरान उपमहानगरपालिकाका मेयर

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा