भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै « Khabarhub

भियतनामकी उपराष्ट्रपति सुआन नेपाल आउँदै


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमणका लागि शनिबार काठमाडौँ आउँदै छिन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउन लागेकी हुन् ।

उपराष्ट्रपति सुआनले शनिबारदेखि सोमबार (भदौ ७ देखि ९ गते)सम्म गर्ने नेपालको भ्रमण भियतनामकोतर्फबाट पहिलो उच्चस्तरीय हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच आइतबार प्रतिनिधिमण्डस्तरीय द्विपक्षीय वार्ता हुने मन्त्रालयले जनाएको छ । यसैगरी उपराष्ट्रपति सुआनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वसँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

यो वर्ष नेपाल र भियतनामबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठसमेत परेकाले यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ ।

उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फिर्ता हुने तालिका रहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ७ : ०८ बजे

केही भूभागमा वर्षाको सम्भावना, सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रमा तपक्रम बढ्ने

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

मुस्ताङमा पहिलो पटक एआई ड्रोन प्रविधिद्वारा वन गस्ती गरिँदै

मुस्ताङ– मुस्ताङमा एआई ड्रोन प्रविधिद्वारा वन गस्ती सुरु गरिएको छ

आईपीएल: वैभव सूर्यवंशीको ९३ रनको मद्दतमा राजस्थानको सानदार जित

जयपुर — युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान

निरन्तर बढ्दै डलरको मूल्य : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ  – आज २०८३ साल जेठ ६ गते बुधबार। जेठ