वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध « Khabarhub

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी भेटिएका छन् । वीरगञ्ज महानगर, स्वास्थ्य कार्यालय पर्साकालगायत निकायका टोली शुक्रबार रातिदेखि नै परिचालन भएका छन् ।

वीरगञ्ज महानगरका प्रमुख राजेशमान सिंहले हैजाका बिरामी भेटिएको थाहा पाउनेबित्तिकै प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी परिचालन गरेको जानकारी दिए । वीरगञ्ज महानगरका अनुसार मुर्ली टोलका ३० भन्दा धेरैमा झाडापखालाको कारणले एकैपटक वीरगञ्जको तराई हस्पिटलमा भर्ना भएका थिए ।

सो अस्पतालले ठूलो सङ्ख्यामा बिरामी आएपछि वीरगञ्ज महानगरलाई खबर गरेको थियो । नारायणी अस्पताल वीरगञ्ज र स्वास्थ्य कार्यालय पर्साको समन्वय गरिएको परीक्षणका क्रममा तीन जना बिरामीमा हैजाको जीवाणु भित्रियो कोलेरा पाइएको थियो ।

वीरगञ्ज महानगर स्वास्थ्य शाखा प्रमुख राजु शाहले तीन जना बिरामीमा हैजाको सङ्क्रमण देखिएकोमध्ये एक जना किशोरको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी दिए । सङ्क्रमितमध्ये १६ वर्षीय किशोर, २४ वर्षीय युवक र २४ वर्षीय महिला रहेका छन् ।

यस्तै, मुर्ली टोलका घरहरूमा प्रयोग भइरहेको पिउने पानीको नमूना थप परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको बताइएको छ । महानगरका अनुसार हैजा फैलन नदिन र स्थानीयलाई सर्तक बनाउन शुक्रबार रातिदेख नै स्वास्थ्यकर्मीहरूको टोली घरघरमा पुगेर जनचेतना फैलाउने काम गर्दै आइरहेका छन् । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुर विगत १० वर्षपछि वीरगञ्जमा हैजाको प्रकोप देखापरेको बताए ।

महानगर प्रमुख सिंहले हैजा एक गम्भीर सङ्क्रामक रोग भएकाले यसको रोकथाममा कुनै पनि प्रकारको लापर्वाही नगर्न सबैलाई अनुरोध गरेका छन् । नारायणी अस्पताल वीरगञ्जका प्रवक्ता डा. उदयनारायण सिंहले नारायणी अस्पतालको आकस्मिक विभागमा पनि झाडापखालामा गम्भीर प्रकृतिका बिरामीको उपचार भइरहेको जानकारी दिए । (रासस)

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ८ : २२ बजे

विश्व स्वास्थ्य संगठनबाट बाहिरिँदै अर्जेन्टिना

एजेन्सी– अर्जेन्टिनाले विश्व स्वास्थ्य संगठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ

हिमालको काखमा उक्लिँदै रसुवाको पर्यटन

रसुवा– स्वदेशी तथा विदेशी पर्यटकको रोजाइमा हिमाली जिल्ला रसुवा पर्न

नवनिर्वाचित सांसदहरूलाई शपथ गराउन अस्थायी हल अन्तिम चरणमा (तस्बिरहरू)

काठमाडौं– नवनिर्वाचित सांसदहरूको शपथग्रहण चैत १२ गते गराउने तयारी तीव्र

रास्वपा सांसदहरूले भने- सुशासनका लागि पाँचवर्ष मुहान सफा गर्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूले अनअपेक्षा

आफ्ना सांसदलाई रविको चेतावनी- भोलि जनताले नमस्कारै नफर्काउने अवस्थामा पुग्न सक्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेतृत्व र जनता