मिथिलामा ‘कुशअमबसीया' पर्व मनाइँदै | Khabarhub Khabarhub

मिथिलामा ‘कुशअमबसीया’ पर्व मनाइँदै


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– पूर्वीय वैदिक परम्पराका अनुयायी हिन्दू मैथिलले शनिबार ‘कुशअमबसीया’ पर्व मनाउँदैछन् । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा वैदिक मन्त्र उच्चारण गर्दै कुश उखलेर घरमा राख्ने यो पर्व शुभकार्य र पितृकार्यका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।

हिन्दू परम्पराका सबैजसो शुभकार्य र पितृकार्यमा अनिवार्य मानिने कुश भदौ औँसीका  दिन वर्षभरलाई पुग्ने सङ्ग्रह गर्ने परम्परा छ । यस दिन कूल पुरोहितले पनि आफ्ना यजमानका घरमा शास्त्रोक्त विधिले अभिमन्त्रित गरिएर उखालिएको कुश दलिनमा सिउरी दिन्छन् । यद्यपि मिथिलामा भने घरमूली आफैँले पनि बिहानको ब्रह्ममुहूर्तमा कुश उखलेर घरमा सिउरिने चलन छ ।

कुश उखल्दा हिन्दू परम्परामा तलको मन्त्र उच्चारण गर्नुपर्ने मान्यता छ । 
 ‘विरिञ्चिनां सहोत्पन्नः परमेष्ठी निसर्गतः ।
नुद सर्वाणी पापानी दर्भ स्वस्तिकरो भव ।।
पूर्व मन्त्रं समुच्चार्य ततः पूर्वोतरामुखः । 
हूँफट्कारेण मन्त्रेण सकुच्छित्वा समुद्धरेत ।।’

यो मन्त्रले उखेलिएको कुश एक वर्षसम्मका शुभकार्य र पितृकार्यका लागि पवित्र मानिने शास्त्रीय मत छ । हिन्दू वैदिक परम्परामा प्रत्येक शुभकार्य होस् वा पितृकार्य, त्यसको सङ्कल्प कुशबिना कल्पना नै नगरिएको हिन्दू मैथिल कर्मकाण्डका ज्ञाता राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झाले बताए ।

कुशको औँठी धारण गरेपछिमात्र कुनै व्यक्ति पितृकार्य र शुभकार्यको कर्ता हुनसक्ने स्थापित परम्परा छ । यसैगरी वैदिक कार्यका कर्ताले जलमा डुबाइएको कुशका टुक्रा, जौ, तील समातेर गरेको सङ्कल्पपछिमात्र कार्यआरम्भ गरिन्छ ।

यसबाहेक भदौ औँसी अर्थात् कुशेऔँसीका दिन घरको दलिन वा अन्यकतै स्वच्छ ठाउँमा सिउरिएको वा राखिएको कुशको मुठा विघ्ननाशक र कल्याणदायक हुने विश्वास गरिन्छ ।

शास्त्रीय मतअनुसार विधिपूर्वक यस दिन घरमा राखिएको कुशले घरसहितका भौतिक सम्पत्ति र परिवारको रक्षा गर्ने  पाका मैथिल बताउँछन् । कुश ग्रहण आचरणका दृष्टिले पनि सात्विक मानिने लक्ष्मीनारायण मठ मटिहानीका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।

बाबु जीवितै हुनेले यो दिन नयाँ वस्त्र फेराएर मिष्‍टान्न परिकार भोजन गराउँछन् । यसै दिन दिवङ्गत पितृका लागि हिन्दू परम्परामा तीर्थ श्राद्धको पनि परम्परा रहेको छ ।

बाबुको मुख हेर्ने दिनको परम्पराले आज टाढाटाढाबाट बाबु भेट्न पुग्नेको चहलपहल बढेको छ । पर्वविशेषले यस भेगका सबैजसो बजारका मिठाइ पसल र कपडा पसलमा बाबुका लागि उपहार किन्नेको एकाबिहानैदेखि भीड लागेको छ ।

नेपाली जनजिब्रोमा कुशेऔँसी भनिने दिनलाई नै मैथिल जनजिब्रो कुशअमबसीया भनेको हो । यो पर्वलगत्तै हिन्दू नारीको महान पर्व हरितालिका तिज र लगतै मिथिलामा निष्ठासाथ मनाइने चौरचन पर्वले पनि यहाँ चहलपहल बढेको छ । (रासस)

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १० : ३६ बजे

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ

कोशी राजमार्गमा ठूलो पहिरो, तीन दिनदेखि आवागमन ठप्प

खाँदबारी– कोशी राजमार्गअन्तर्गत भोटखोलाको हुङ्गुङ खण्डमा गएको ठूलो पहिरोका कारण

रूस र अमेरिकाबीच ‘एलएनजी’ परियोजनामा सम्भावित सहकार्यबारे छलफल : पुटिन

मस्को– रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास

चीनमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु, ४ जना बेपत्ता 

बेइजिङ– चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२