चीनमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु, ४ जना बेपत्ता  « Khabarhub

चीनमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु, ४ जना बेपत्ता 


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनको चिङ्हाई प्रान्तमा निर्माणाधीन रेल्वे पुल भाँचिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ । यो दुर्घटनामा अन्य ४ जना हराइरहेका छन्। शुक्रबार साँझ करिब ६ बजे यलो नदीमाथि निर्माण भइरहेको १०८ मिटर लामो भाग स्टिल केबल भाँचिएर खसेको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि ८०६ जना उद्धारकर्मी, ९१ वटा सवारी साधन, २७ डुङ्गा, एक हेलिकोप्टर र पाँचवटा रोबोटको सहयोगमा ठूलो उद्धार कार्य चलाइएको थियो ।

दुर्घटनाको बेला करिब १६ जना कामदार पुलमा कार्यरत थिए। यो पुल निर्माण सम्पन्न भएमा यलो नदीमाथि चीनको पहिलो स्टिल ट्रस आर्च रेल पुल बन्ने थियो। तर निर्माणाधीन अवस्थामै भाँचिएपछि पुल गुणस्तर र सुरक्षा व्यवस्थामा प्रश्न उठेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  १ : ४६ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्