स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै « Khabarhub

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय निकायले प्रथम सेवा केन्द्रका रुपमा  आधारभूत स्वास्थ्य सेवा प्रवाह गर्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले  नागरिकलाई सहज, सरल एवं न्यून शुल्कमा उपचार प्राप्त होस् भन्ने उद्देश्यले स्थानीय निकायमा स्वास्थ्य बिमा प्रथम सेवा केन्द्र र सरकारी अस्पताललाई विशिष्टीकृत उपचार केन्द्रका रुपमा विभाजन गरिएको जानकारी दिए ।

नागरिकको स्वास्थ्यप्रति संवेदनशील भएर नै आधारभूत र विशिष्टीकृत स्वास्थ्य सेवा केन्द्रमा जटिल रोगको उपचारको व्यवस्था गरिएको उनको कथन थियो ।

 संविधानले व्यवस्था गरेअनुसार स्थानीय निकायले आधारभूत स्वास्थ्य दिनुपर्छ भन्दै पालिकाले आफ्नो १० प्रतिशत बजेट स्वास्थ्य क्षेत्रमा खर्च गर्नुपर्नेमा उनले जोड दिए।

मन्त्री पौडेलले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको मागअनुसार आगामी दुई दिनमा एमबिबिएसको ३० वटा सिट थप हुने जानकारी दिँदै अन्य सरकारी शिक्षण अस्पतालले सिट थपका लागि कुनै माग नगरेका बताए ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  २ : ५५ बजे

नेपालको विपत्तिपछि भारतमा हिमनदी निगरानी तीव्र

एजेन्सी– हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले

नाइजेरियाको जेलमा रहेका पत्रकार १० महिनापछि रिहा

एजेन्सी– नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई

काठमाडौंलगायत विभिन्न शहरमा गाईजात्रा 

काठमाडौं– परम्परागत सांस्कृतिक पर्व गाईजात्रा काठमाडौंलगायत देशका विभिन्न शहरमा मनाइँदै छ

भोटेकोशी बाढी : शव पहिचानमा समस्या

गण्डकी–  रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित