ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण « Khabarhub

ढल्केवर– जनकपुर– जटही सडकमा विद्युतीकरण


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– ढल्केवर– जनकपुर– जटही ३५ किलोमिटर सडकमा रु चार करोड ३८ लाख ८९ हजारको लागतमा विद्युतीकरण भएको छ । 

सडक डिभिजन कार्यालयले सडकका दुवै किनारमा  खम्बा गाड्नका साथै सौर्य प्यानल जडानका साथै अन्य विद्युतीय उपकरण जडान गरेको हो । सडक किनार विद्युतीकरणबाट बटुवालाई राति हिँडडुल गर्न सहज भएको छ । 

सडक विद्युतीकरण आयोजना पूरा भएकामा उक्त कार्यालयलाई धन्यवाद दिँदै नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिव रघुवीर महासेठले सडक सुरक्षा तथा पूर्वाधार निर्माणका निम्ति सरकारले प्राथमिकता दिएको बताए। 

उक्त कार्यालयका प्रमुख दरोगा साहले उनले ढल्लकेवर –जनकपुरधाम –जटहीसडक खण्डमा ‘फ्लाई ओभर’ निर्माणको योजना रहेको जानकारी दिए । 
 

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ४ : १८ बजे

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ

७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची

काठमाडौं – अमेरिकाले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा बन्द