पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल « Khabarhub

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन्।  

नेकपा (एमाले) जिल्ला कमिटी दाङको जिल्ला प्रतिनिधि परिषद्लाई शनिबार सम्बोधन गर्दै उनले पार्टी निर्माणका लागि सबैले एकताबद्ध भएर काम गर्नुपर्नेमा जोड दिए ।  
 
महासचिव पोखरेलले एमालेमा बहुपद होइन एक पदको अवधारणा भएको र त्यसलाई कार्यान्वयन गर्दै सबैलाई अवसर प्रदान गरी सो अवसरको सफल प्रयोग गरिनुपर्ने बताए। 

“पार्टीले मलाई के दियो होइन, मैले पार्टीलाई के  दिए भन्नेतिर ध्यान दिनुपर्छ । दिएको जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुपर्छ”, उनले भने। 

महासचिव पोखरेलले पूर्वराष्ट्रपति  राजनीतिमा आउन नहुने बताए। ‘उहाँले सामाजिक काम जति पनि गर्न सक्नुहुन्छ, तर सक्रिय राजनीतिमा आउनु शोभनीय होइन । तीज आइरहेको छ, अगुवा महिला नेतासँग अस्ति दर खानुभयो, त्यो उहाँले गज्जब गर्नुभयो’, उनको भनाइ थियो । 

महासचिव पोखरेलले रास्ट्रको विकासका लागि सरकार प्रतिबद्ध भएर लागेको बताए। ‘एमाले र कांग्रेस सरकारमा भएपछि राजस्व बढेको छ, खर्च गर्ने क्षमता मजबुत भएको छ, लगानीयोग्य वातावरण बनेको छ र निजी क्षेत्र उत्साहित छ’, उनले भने, ‘विकास निर्माणमा गति आएको छ, रोकिएका आयोजना अघि बढेका छन् र सङ्घीयता कार्यान्वयनसँग जोडिएका कानुन निर्माण पनि अघि बढेका छन् ।’

यसैगरी महासचिव पोखरेलले एमालेको दोस्रो विधान महाधिवेशनको तयारी भइरहेको बताए। महाधिवेशनमा राजनीतिक, सङ्गठनात्मक र विधान संशोधनसहित तीन वटा प्रस्तावमाथि छलफल हुने उनले बताए।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ६ : २४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्