करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु « Khabarhub

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु


७ भदौ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


501
Shares
  • change font
  • change font
  • change font

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । 

बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रशन्नराज चौधरीले जानकारी दिए ।

पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका चौधरीले नेटको कामका लागि बिजुलीको पोलमा चढ्न आल्मुनियमको भर्‍याङ अड्याउने क्रममा बिजुलीको तारमा भर्‍याङले छुँदा घाइते भएका थिए । निजको उपचारका क्रममा मृत्यु भएको जनाउँदै उनले घटनाबारे आवश्यक अनुसन्धान थालिएको बताए।
 

प्रकाशित मिति : ७ भदौ २०८२, शनिबार  ६ : ५३ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली