पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन « Khabarhub

पर्साका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षण टोली परिचालन


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्साको वीरगञ्जका हैजा प्रभावित क्षेत्रमा खानेपानी परीक्षणका लागि टोली परिचालन गरिएको छ ।

खानेपानी तथा ढल व्यवस्थापन विभागबाट आवश्यक सामग्रीसहित मोबाइल भ्यान टोली खटाइएको विभागका महानिर्देशक ईञ्जिनियर रामकुमार श्रेष्ठले जानकारी दिए । 

उनले भने, ‘खानेपनी मन्त्रीज्यूको निर्देशनपश्चात् विभागबाट आवश्यक सामग्रीसहित प्राविधिक टोली प्रभावित क्षेत्रमा पठाएका छौँ । टोलीले पानी परीक्षण र जनचेतनामूलक कार्य सुरु गरिसकेको छ।’

वीरगञ्जमा शुक्रबार तीन जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो ।

यसैगरी खानेपानीमन्त्री प्रदीप यादव पनि हैजा प्रभावित क्षेत्रमा पुग्नु भई त्यहाँको अवस्थाबारे जानकारी लिएको उनको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ७ : ५१ बजे

बाढीपीडितका लागि इयूद्वारा २० लाख युरो सहयोग

काठमाडौं– युरोपेली सङ्घ (इयू) ले नेपालमा अकस्मात् आएको बाढीबाट प्रभावित

अलपत्र यात्रुका लागि काठमाडौं महानगरको निःशुल्क यातायात सेवा

काठमाडौं- बाढी प्रभावित क्षेत्रमा अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाले निःशुल्क

भोटेकोशी बाढी : सरकारलाई प्रमुख प्रतिपक्षी दलका नेताको नौ बुँदे ध्यानाकर्षण

काठमाडौं–  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री

बाढीपछि बैरेनी बजारका घरहरूको अवस्था (तस्बिरहरू)

 काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङको बैरेनी बजारका घरहरू

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको