लोप हुँदै निगालोबाट बनेका डोकोडालो « Khabarhub

लोप हुँदै निगालोबाट बनेका डोकोडालो


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

हुम्ला – पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले निगालोको चोयाबाट बनाइने डोकोडालो लोप हुँदै गएको छ । यहाँ जङ्गबाट घाँसदाउरा, हाटबजारबाट चामल, नुन, तेललगायत दैनिक खाद्यसामग्री बोक्न प्रयोग गरिने डोकोडालो लोप हुँदै गएको हो ।

खेतबारीको मल बोक्नदेखि हाटबाट दैनिक उपभोग्य वस्तु ढुवानी गर्न पिठ्युँमा बोक्न प्रयोग हुने गरेको निगालोको डोको हराउँदै गएको अदानचुली गाउँपालिका–२ का भ्याल महताराले बताए ।

उनले भने, “पहिला गाउँ नजिक बजार थिएनन्, दैनिक खाद्यान्नका सामग्री दुई–चार दिन पैदल हिडेर ल्याउनु पथ्र्यो, त्यसका लागि डोको आवश्यक हुन्थ्यो । अहिले गाउँबस्तीमा गाडी पुगेपछि डोकोसँगै डोको बुन्ने सीप पनि लोप हुँदै गएको छ ।”

पहिले गाउँमा सबैले अर्गानिक खेती गर्ने, वल बोक्ने, जङ्लबाट स्याउला ल्याउनेलगायत काममा डोकोडालोको प्रयोग हुने गरेको महताराले अनुभव सुनाए । “त्यसका लागि ठूलाठूला डोकोडालो बुन्ने गरिन्थ्यो । अहिले गाउँमा गाडी गुड्न थालेपछि डोकोडालो बुन्ने सीपसँगै यो व्यवसाय पनि विस्तारै लोप हुँदै गएको छ”, उनले भने ।

सडकसँगै यातायातका साधन विस्तार गएपछि डोकोमा बोक्ने सामान सवारीमार्फत ढुवानी हुन थालेको बताउँदै ज्येष्ठ नागरिकका सीमित सीप पुस्तान्तरण नहुँदा डोको बुन्ने व्यवसाय लोप हुँदै गएको सर्केगाड गाउँपालिका–२ का जङ्ग फडेराले बताए ।

काठ तथा प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्नु, कच्चा पदार्थको अभाव हुनु, पुस्तान्तरण हुन नसक्नुलगायत कारणले हुम्लाका ग्रामीण भेगमा परम्परागत रूपमा प्रयोग गरिँदै आइएका डोका, खा¥या, डाला, थुन्से, छाप्री, पाथो, टोपी, सुपो र भकारी लोप हुँदै गएका फडेराको भनाइ छ ।

सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने ती सामग्री पछिल्लो समय लोप हुँदै गएका भन्दै उनले चिन्ता व्यक्त गरे । सीप जानेका व्यक्तिले पुस्तौँदेखि डोका, डाला बुनेर गाउँमा बिक्री गरी आफ्नो जीविकोपार्जन गर्दै आएकामा पछिल्लो समय यसको प्रयोग घटेपछि व्यवसाय सङ्कटमा परेको फडेराले गुनासो गरे ।

पछिल्ला केही वर्षयता कृषिजन्य आयातित सामग्रीको बढ्दो प्रयोग र गाउँघरका सामुदायिक वनमा कच्चा पदार्थ निगालो अभाव हुँदा यो व्यवसाय लोप हुँदै गएको स्थानीय बताउँछन् । जेनतेन जङ्गलबाट निगोलो ल्याएर चोया काटी बनाइएका डोकोडालोसमेत बिक्री हुन छोडेका उनीहरूको भनाइ छ ।

एक दशकअघिसम्म ग्रामीण भेगका स्थानीयले बाँस र निगालोबाट डोको, डालोलगायत घरायसी प्रयोजनका लागि प्रयोग गरिने सामग्री बनाएर बिक्री गरी प्रशस्त आम्दानी गर्दै आएका स्थानीय फडेराले बताए ।

उनले गाउँघरमा बाँस र निगालाका सामान प्रयोग गर्नेको सङ्ख्या पनि घट्दै गएको बताउँदै निगालोको चोयाबाट बन्ने प्रतिडोकोलाई रु पाँच सयदेखि रु आठ सयसम्म पर्ने जानकारी दिए । डोकोडालोको प्रयोग गर्ने समयमा यो व्यवसायबाट जिल्लाको सिमकोट, खार्पुनाथ र नाम्खा गाउँपालिकासम्म पु¥याउँदा मूल्य दोब्बर उठ्ने गरेको अनुभव फडेराको छ ।

युवा वैदेशिक रोजगारी र व्यापार व्यवसायमा आकर्षित हुन थालेपछि पाका पुस्ताले समालेको यो पेसा समय लोप हुँदै गएको उनको भनाइ छ । यस्ता परम्परागत सीप संरक्षण र प्रवर्द्धनका लागि स्थानीय सरकारले सीपमूलक तालिम दिने, स्वरोजगारका अवसर सृजना गरी युवालाई स्थानीयस्तरमा आकर्षित गर्ने योजना बनाएर प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिए ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ९ : १२ बजे

साउनको अन्तिम सोमबार : गोदान, पूर्णपात्र गरी साउने व्रत समापन

काठमाडौं– सौरमास अनुसार साउनको पहिलो सोमबारदेखि देवादिदेव महादेवको पूजाआराधना गरी

कोलम्बियामा शक्तिशाली भूकम्प, ठूलो क्षतिको आशङ्का

काठमाडौं- ल्याटिन अमेरिकी मुलुक कोलम्बियाको पश्चिमी क्षेत्रमा सोमबार ७.४ म्याग्निच्युडको

भन्सार छलेर ल्याइएका सामान बरामद

सुदूरपश्चिम– कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको

आवश्यकताभन्दा बढी ग्यास सिलिन्डर भण्डारण नगर्न उपभोक्तालाई आग्रह

सुदूरपश्चिम– सुदूरपश्चिममा मागअनुसार खाना पकाउने ग्यास सिलिण्डरको आपूर्ति भइरहेकाले अतिरिक्त

हरि ढकाललाई राजेश हमालको जवाफ,‘इतिहासको महत्त्व मेटाउनु भनेको भावी पुस्तालाई दिशाहीन बनाउनु हो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले देशको प्रमुख