अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा « Khabarhub

अनिल साहको कप्तानीमा भारत भ्रमणमा जाने क्रिकेट टोली घोषणा


७ भाद्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार भारत भ्रमणका लागि नेपाल ‘ए’ क्रिकेट टिमको घोषणा गरेको छ। टिमको नेतृत्व विकेटकिपर ब्याट्सम्यान अनिल साहले गर्ने भएका छन्।

नेपाल ‘ए’ टिमले भारतको असाम प्रान्तीय टिमविरुद्ध गुहाटीमा पाँच टी–२० सिरिज खेल्ने कार्यक्रम तय भएको छ। श्रृंखला आगामी अगस्ट २६ देखि सेप्टेम्बर ३ सम्म सञ्चालन हुनेछ।

घोषित टोलीमा आलराउन्डर आदिल आलम, ब्याट्सम्यान सन्दीप जोरा लगायतका युवा तथा अनुभवी खेलाडीहरू समावेश छन्। क्यानका अनुसार यो भ्रमण नेपाली खेलाडीहरूका लागि अनुभव बटुल्ने र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको तयारी गर्ने अवसर हुनेछ।

नेपाल ‘ए’ टिमलाई यो श्रृंखलाले भविष्यमा राष्ट्रिय टोलीमा प्रवेश गर्ने खेलाडीहरूलाई आफूलाई प्रमाणित गर्ने प्लेटफर्म उपलब्ध गराउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : ७ भाद्र २०८२, शनिबार  ९ : ५७ बजे

आज तीजको दर खाने दिन

काठमाडौँ – हरितालिका (तीज) व्रतका लागि शक्ति प्राप्त गर्न नेपाली

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्, यस्तो छ विधि

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

आज २०८३ साल भदौ २८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २८ गते आइतबार सन् २०२६

बाढीपछिको पुनरुत्थानमा सबै शक्ति एकजुट हुनुपर्छ : प्रचण्ड

नुवाकोट – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल