‘परिवर्तन’को पोस्टरमा सुशीलको एङ्ग्री लुक्स, माघ ९ मा प्रदर्शन « Khabarhub

‘परिवर्तन’को पोस्टरमा सुशीलको एङ्ग्री लुक्स, माघ ९ मा प्रदर्शन


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक सुशील श्रेष्ठलाई एक्स अवतारमा प्रस्तुत गरिने भनिएको फिल्म ‘परिवर्तन’को पोस्टर सार्वजनिक भएको छ ।

निर्माण पक्षले घटस्थापनको अवसर पारेर सोमबार पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सुशीललाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । उनको अनुहारमा चोट देखिन्छ । अनुसारमा रगतको छिट्टा छ ।

उनले हातमा तरबार लिएका छन् । पृष्ठभूमिमा उनले नेता जस्ता देखिने केही व्यक्तिहरुको बाटो छेकेको देख्न सकिन्छ । तर उक्त दृश्य भने प्रष्ट छैन ।

यही पोस्टरमार्फत् फिल्मको प्रदर्शन मिति माघ ९ लाई तोकिएको छ । यस फिल्ममा सुशील र नायिका अञ्जना बराइली शीर्ष भूमिकामा रहेका छन् ।

सस्पेन्स र एक्सन मिश्रित यो फिल्मको लेखक दीपक सिवाकोटी हुन् । यसको निर्माता पनि सिवाकोटी नै हुन् ।

दिब्यासी फिल्मस्को ब्यानरमा यो फिल्म बनेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : ४८ बजे

विश्वकप ड्र : कुन देश कुन समूहमा परे ?

वासिङ्टन – २०२६ को फिफा विश्वकपको समूह चरणको ड्र सार्वजनिक

एनपीएलमा आज दुई खेल : सन्दीप र दीपेन्द्रसँगै दुई कुशलको भिडन्त

काठमाडौं – राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

काठमाडौंमा आज कहाँकहाँ काटिदैछ बिजुली ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज पशुपतिनाथ क्षेत्र, विमानस्थल, मित्रपार्क

कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने

काठमाडौं – आवश्यक मर्मत सम्भारका लागि आजदेखि दुई महिनासम्म कान्ति

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर