स्थानीय वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना « Khabarhub

स्थानीय वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले कोशी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेशलगायत पहाडी भूभागमा साधारणतया मौसम बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । कोशी प्रदेश, मधेश प्रदेशलगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थान तथा बाँकी प्रदेशको पहाडी भूभाग तथा तराईका भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएका छ । कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ । लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज सूर्योदय बिहान ५ बजेर ५३ मिनेटमा भयो भने सूर्यास्त साँझ ५ बजेर ५९ मिनेटमा हुनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : ४३ बजे

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री

गृहमन्त्रीले प्रतिनिधिसभामा पेस गरे तीन अध्यादेश, अर्को बैठक चैत्र २२ गते

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री सुधन गुरुङले तीन अध्यादेश पेस गरेका