जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो « Khabarhub

जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरियो


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

जुम्ला– कर्णाली प्रदेशको प्रसिद्ध धार्मिक मन्दिर जुम्लाको चन्दननाथ र भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो फेरिएको छ । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ–भैरवनाथ मन्दिरको ५२ हातको नयाँ लिङ्गो सोमबार फेरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।

हरेक वर्ष घटस्थापनाका दिन लिङ्गो फेर्ने प्रचलनअनुसार यस वर्ष पनि लिङ्गो फेरिएको छ । (‘मन्दिरमा लिङ्गो ठड्याइसकेपछि मात्रै जुम्लावासीले आ–आफ्ना घरमा घटस्थापना गर्दछन् । चन्दननाथ मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते ध्वजा राखिएको हुन्छ’, उनले भने ।

भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा राख्ने परम्परा रहिआएको समितिका अध्यक्ष थापाले बताए । उनका अनुसार वर्षमा ५२ हप्ता हुने भएकाले वर्षभरि चन्दननाथ र भैरवनाथले रक्षा गरुन् भनेर ५२ हाते लिङ्गोसहित ध्वजा राख्ने प्रचलन रहिआएको हो ।

वर्षभरि देवीदेवताले प्राकृतिक विपदबाट रक्षा गरून् भन्ने विश्वाससहित मन्दिरमा लिङ्गो हालेर घटास्थापना गर्ने परम्परा रहेको थापाको भनाइ छ । उनका अनुसार मन्दिर क्षेत्रका स्थानीयले सोही मन्दिरको माटो लिएर जमरा राख्ने गर्दछन् । धार्मिक आस्थासँग जोडिएको यो परम्पराअन्तर्गत कृषिमा समृद्धि र भोकमरी नहोस् भन्ने कामना गर्ने गरिन्छ ।

लिङ्गो फेरेसँगै चन्दननाथ–भैरवनाथ मन्दिरमा मार्सीधानको सिक चढाउने परम्परा रहेको समितिका अध्यक्ष थापाले जानकारी दिए । ‘यसले मार्सी धानको उत्पादन वृद्धि र किसानमा उत्साह बढाउने विश्वास छ । दशकअघिसम्म लिङ्गो फेर्ने अवसरमा कर्णाली अञ्चलका विभिन्न जिल्लाबाट मन्दिरका लागि धार्मिक सामग्री पठाउने परम्परा थियो’, उनले भने ।

जुम्लाबाट अन्न र पैसा, कालीकोटबाट बाबियो, घिउ, मह, हुम्लाबाट ठेटुवा, चौँरी फुर्को र थाप्का तथा मुगुबाट मास, मुगी दाल, राडीपाखीलगायत सामग्री ल्याउने चलन थियो । अहिले यो परम्परा रोकिएको चन्दननाथ–भैरवनाथ गुठी समितिका कार्यालय प्रमुख रत्नप्रसाद आचार्यले बताए ।

मन्दिरको माटो लगेर यहाँका स्थानीयले घरमा जमरा राख्ने प्रचलनअनुसार सोमबार स्थानीयले घरघरमा घटस्थापना गरेका छन् । मन्दिरमा जय स्तम्भसहित पाँच वटा लिङ्गा खडा गरिएको चन्दननाथ–भैरवनाथ मन्दिर गुठी समितिको कार्यालयले जनाएको छ । (रासस)

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ७ : २५ बजे

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, नेपाल–चीन सम्बन्धबारे छलफल

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ माओमिङले

प्रधानमन्त्री शाह र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत

परराष्ट्र मन्त्रालयको भवन निर्माण आगामी वर्षदेखि सुरुवात गरिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयको आफ्नै भवन निर्माणको काम

विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन कार्यदल गठन

काठमाडौं– सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनका लागि अध्ययन गर्न

चार हजार सहकारी बचतकर्ताको रकम फिर्ता

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हालसम्म करिब चार हजार बचतकर्ताको