‘जेरी अन टप’को हिजो सार्वजनिक गीत आज गायब, अनमोलले मागे माफी « Khabarhub

‘जेरी अन टप’को हिजो सार्वजनिक गीत आज गायब, अनमोलले मागे माफी


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – असोज ३१ बाट प्रदर्शनमा आउन लागेको नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’मा समावेश ‘कस्तुरी’ बोलको गीत युट्युबबाट हटाइएको छ ।

घटस्थापनाको अवसर पारेर सोमबार युट्युबमा सार्वजनिक गरिएको गीत मंगलबार युट्युबबाट हटाइएको हो ।

पुरानो लिंकबाट उक्त गीत हेर्न खोज्दा युट्युबले ‘यो गीत प्राइभेट गरिएको छ’ भन्ने सन्देश देखाउँछ ।

फिल्मकै कामका लागि भारतमा रहेका अनमोलले यो गीत प्राविधक समस्याका कारण हटाउनु परेको दर्शकलाई जानकारी दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सबैमा माफी चाहन्छु । हाम्रो नयाँ गीत कस्तुरी प्राविधिक समस्याका कारण हटाउनु पर्यो। तर चिन्ता नगर्नुहोस्, हामी चाँडै नै नयाँ संस्करण लिएर आउनेछौं ।’

निर्माता सरोज न्यौपानले भने दर्शकको सल्लाहअनुसार केही सुधार गर्न गीत हटाइएको बताएका छन् ।

उनले लेखेका छन्, ‘तपाईंहरुको चासो अनि सल्लाहलाई आत्मसाथ गर्दै गीतमा केही सुधार गर्नु परेको हुँदा आज बेलुका नभए भोलि सम्म पुनः भेट्ने छौ।’

अर्थात्, उनले प्राविधिक सुधार गरेर यो गीत भोलिसम्म सार्वजनिक गर्ने बताएका हुन् ।

यो गीतको साउन्डको पक्ष निकै कमजोर भएको युट्युबमा प्रतिक्रिया आएको थियो ।

‘कस्तुरी’ गीतको भिडियोमा अनमोल र नायिका आँचल शर्मा मात्रै फिचर्ड थिए । यस गीतको छायाङ्कन मुस्ताङ र भारतको राजस्थानको रमणीयस्थानमा गरिएको थियो । भिडियोमा किरण थापाको कोरियोग्राफी थियो ।

गीतमा आशिष गुवाजु र सदिक्षा कट्टेलले स्वर दिएका छन् । जयन जे वाइबाको शब्द र संगीत रहेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १ : १२ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित