जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ « Khabarhub

जेन-जी आन्दोलनका दिन भागेका सानु भण्डारी र केशव दुलाल धापाखेलबाट पक्राउ


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा गत भदौ २४ गते ललिपतुको नख्खु कारागारबाट भागेका नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरू सानु भण्डारी र केशव दुलाल धापाखेलबाट मंगलबार पक्राउ परेका छन् ।

उनीहरू दुवैजनालाई धापाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दानबहादुर कार्कीले बताएका छन् ।

गत भदौ २४ सहकारी ठगीमा थुनिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बाहिरिएसँगै नख्खुबाट अधिकांश कैदी निस्किएका थिए ।

फरार कैदीहरू कतिपय आफैं जेल फर्किएका छन् । तर नफर्किनेहरूलाई प्रहरीले धमाधम पक्राउ गरिरहेको छ ।

देशभरका कारागारबाट भागेका १५ हजारमध्ये अझै ९ हजार कैदीबन्दी सम्पर्कविहीन छन् । प्रहरीले उनीहरूलाई पक्राउ गर्न विशेष अपरेशन चलाएर खोजतलास तीव्र बनाएको छ । मंगलबार एमाले नेता टोपबहादुर रायमाझी केन्द्रीय कारागारमा फर्किएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ६ : २२ बजे

कमजोरी नसच्चाए सरकार आफैँ पतनको बाटोमा जान्छ : सांसद शाही 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्र बहादुर शाहीले सरकारले आफ्नो

जिल्ला अस्पताल बाजुरामा जटिल शल्यक्रियापछि बिरामीको चाप

बाजुरा– जिल्ला अस्पताल, बाजुरामा जटिल शल्यक्रिया हुन थालेपछि बिरामीको चाप

भदौको करदाता प्रोत्साहन पुरस्कार, ३२ जनालाई एक-एक लाख, २ जनालाई बम्पर

काठमाडौं– सरकारले करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत भाद्र महिनाको पुरस्कार घोषणा गरेको

एआई नियमनका लागि विश्वव्यापी समन्वय आवश्यक : गुटेरेस

एजेन्सी– संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को

सानेपा पुगेका मीन विश्वकर्माले भने- ‘शेरबहादुर दाइ अब सर्वोच्च नेता, अरू सबैलाई मिलाउँछौँ’

काठमाडौं– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने मीन विश्वकर्मा