प्यालेस्टाइनलाई मान्यता दिएको रिस फेर्दै जब ट्रम्पले फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई न्यूयोर्कको सडकमा हिँड्न बाध्य बनाए « Khabarhub

प्यालेस्टाइनलाई मान्यता दिएको रिस फेर्दै जब ट्रम्पले फ्रान्सेली राष्ट्रपति म्याक्रोनलाई न्यूयोर्कको सडकमा हिँड्न बाध्य बनाए


७ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

न्यूयोर्क – फ्रान्सका राष्ट्रपति इमानुएल माक्रोन्को कार सोमबार राति न्यूयोर्ककको सडकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रोकिदिएका छन् ।

ट्रम्पको कारगेट आइरहेको भन्दै म्याक्रोनलाई बीच सडकमै रोक्न बाध्य पारिएको हो । उनी संयुक्त राष्ट्र महासभामा सम्बोधन गरेर आराम गर्न फ्रान्सेली दूतावासतिर जाँदै थिए।

म्याक्रोनले राष्ट्रसंघको महासभामार्फत् इजरालयको कठोर आक्रमण सहिरहेको गाजा र प्यालेस्टाइनलाई छुट्दै देशको मान्यता दिने घोषणा गरेका थिए । त्यहीकारण रिसाएका ट्रम्पले आफ्नो कारगेट आइरहेको बहानामा म्याक्रोनलाई सडकमै रोकिदिएका हुन् ।

बीच सडकमा जब कारगेटलाई रोकियो तब म्याक्रोन आफैं कारबाट झरेर प्रहरी अधिकृतलाई सोधपुछ गरेका थिए। यसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। त्यसपछि उनले ट्रम्पलाई फोन गरेर बाटो खाली गर्न भने। उनी ट्रम्पलाई भन्दैथिए– छिट्टै बाटो खाली गर ।

प्रहरी अधिकृतले म्याक्रोनलाई भने– ‘मिस्टर प्रेसिडेन्ट, मलाई माफ गर्नुहोस्। अहिले सबै ब्लक छ।’ प्रहरीले ट्रम्पको कारगेट गइरहेको भन्दै बाटो रोकिएको भनेर फ्रान्सेली राष्ट्रपतिको अपमान गरिदिए ।

त्यसपछि म्याक्रोनले तुरुन्तै ट्रम्पलाई फोन गरेर हाँस्दै भने– ‘तपाईँ कस्तो हुनुहुन्छ? तपाईंलाई थाहा छ, म सडकमा अड्किएको छु, किनभने तपाईंका लागि सबै बन्द छ। छिट्टै बाटो खाली गर्नुस् ।’

यो कुरा हुँदै गर्दा ट्रम्पको कारगेट गुज्रिसकेको थियो । सडक केवल पैदल यात्रुका लागि मात्रै खुला थियो। तर म्याक्रोन फेरि कारमा नबसेर पैदलै ट्रम्पसँग फोनमा कुरा गर्दै अगाडि बढे।

म्याक्रोन करिब आधा घण्टा न्युयोर्कका सडकमा हिँडिरहे, त्यसबेला पनि उनी ट्रम्पसँग फोनमा कुरा गर्दै रहे। यस क्रममा उनले बाटोमा भेटिएका मानिसहरूसँग फोटो खिचाए। एक जनाले त उनको निधार पनि चुमे ।

सहरका मानिसका लागि यो अचम्मको दृश्य थियो, किनभने सामान्यतया कुनै देशको राष्ट्रपति सधैं कडा सुरक्षा व्यवस्थामा देखिने गर्छ।

राष्ट्रपति म्याक्रोन संयुक्त राष्ट्र महासभाको बैठकमा सहभागी हुन न्युयोर्क पुगेका हुन्। हिजो उनले महासभामा प्यालेस्टाइनलाई देशको मान्यता दिएका छन्। उनले भने, ‘आज फ्रान्सले प्यालेस्टाइनलाई मान्यता दिन्छ, हामीले शान्तिको बाटो बनाउनैपर्छ।’

म्याक्रोनले यसलाई हमासको हारको रूपमा व्याख्या गरे। उनको भनाइपछि सभाहलमा जोडदार ताली बज्यो । त्यसपछि प्यालेस्टाइनी प्रतिनिधिमण्डलले उठेर उनको स्वागत गर्‍यो। सोमबार फ्रान्स र बेल्जियमसहित ६ देशले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिए ।

यसअघि नै बेलायतले मान्यता दिइसकेको छ । नाटो सदस्य राष्ट्रहरूले एकपछि अर्को प्यालेस्टाइनलाई मान्यता दिँदा इजरायल र अमेरिकाको रिसको पारो चढेको छ। इजरायलले यसलाई सर्कस भन्दा ट्रम्पले त्यही रिसको बदला म्याक्रोनलाई सडकमा हिँडाएर लिएका हुन् । ट्रम्पले नाटो सदस्य राष्ट्र फ्रान्सेली राष्ट्रपतिलाई बाटोमा हिँडाएर प्यालेस्टाइनको पक्षमा उभिएको रिस फेरेका रुपमा अन्तरराष्ष्ट्रिय सञ्चारमाध्यमले ब्याख्या गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  १० : ५४ बजे

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र

मध्यपूर्व युद्धबीच पनि हज यात्रीको सङ्ख्यामा वृद्धि

मक्का- अमेरिका–इजरायलले फेब्रुअरी २८ मा इरानमाथि हवाई आक्रमण गरेपछि मध्यपूर्वमा