आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो | Khabarhub Khabarhub

आजको विनिमय दर : अमेरिकी डलर स्थिर हुँदा यूरो र पाउण्डको मूल्य घट्यो


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर स्थिर रहँदा यूरोपियन यूरो, युके पाउण्ड स्ट्रलिङको भाउ घटेको छ।

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ६८ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ९१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ७१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ १४ पैसा र बिक्रीदर १७६ रुपैयाँ ८९ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १५ पैसा र बिक्रीदर ९१ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ १४ पैसा र बिक्रीदर १०० रुपैयाँ ५७ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०८ रुपैयाँ ५५ पैसा तोकिएको छ।

केन्द्रीय बैंकका अनुसार जापानी येन १० को खरिददर नौ रुपैयाँ २५ पैसा र बिक्रीदर नौ रुपैयाँ २९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७० पैसा र बिक्रीदर १९ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६८ पैसा कायम भएको छ।

साथै थाइ भाट एकको खरिददर चार रुपैयाँ २७ पैसा र बिक्रीदर चार रुपैयाँ २९ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ८१ पैसा र बिक्रीदर नौ रुपैयाँ ८५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४ रुपैयाँ ९४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ७८ पैसा र बिक्रीदर २१ रुपैयाँ ८७ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १८ रुपैयाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४५७ रुपैयाँ ८८ पैसा र बिक्रीदर ४५९ रुपैयाँ ८३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६६ रुपैयाँ १९ पैसा रहेको छ। भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ६ : ४४ बजे

बालगोपालेश्वर मन्दिरमा आज दिदीबहिनी नहुनेहरूले लगाए भाइटीका

काठमाडौं- तिहारको प्रमुख भाइटीकाका दिन आज काठमाडौंको ऐतिहासिक रानीपोखरीमा रहेको

दाजुभाइले लगाए भाइटीका

दमौली (तनहुँ)- तिहार दाजुभाइ र दिदीबहिनीको पर्व हो । यस

उत्तर कोरियाले हाइपरसोनिक मिसाइलसहित ‘अत्याधुनिक’ हतियार प्रणाली परीक्षण गरेको दाबी

सियोल- उत्तर कोरियाले आफ्नो सुरक्षात्मक क्षमतामा उल्लेखनीय सुधार ल्याउने उद्देश्यले

नर्सको तिहार अनुभव : बिरामीले‍ आईसीयूमै टीका लगाउँछन्, आफ्ना दाजुभाई एकदमै मिस हुन्छ

काठमाडौं- सिभिल अस्पतालमा कार्यरत स्टाफ नर्स पूजा गुरुङ्ग नर्सिङ पेशामा

जुवातास खेल्ने १२ जना नियन्त्रणमा

कञ्चनपुर- दोधारा चाँदनी नगरपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट प्रहरीले आज छापा