रानीपोखरीको बालगोपालेश्वर मन्दिर : भाइटीकाको विशेष गन्तव्य « Khabarhub

रानीपोखरीको बालगोपालेश्वर मन्दिर : भाइटीकाको विशेष गन्तव्य


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंको मुटुमा अवस्थित रानीपोखरीको बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन दाजुभाइ वा दिदीबहिनी नभएका व्यक्तिहरूका लागि विशेष गन्तव्यको रूपमा चिनिन्छ । वर्षमा केवल यही एक दिन, भाइटीकाको अवसरमा मात्र भक्तजनले मन्दिरमा टिका लगाउन पाउँछन् ।

यो परम्परा मल्लकालदेखि चल्दै आएको छ र आज पनि भाइटीकामा हजारौं भक्तजनका लागि सांस्कृतिक र भावनात्मक अवसर प्रदान गर्छ । बालगोपालेश्वर मन्दिर १७औँ शताब्दीमा राजा प्रताप मल्लको शासनकालमा शिखर शैलीमा निर्माण गरिएको मन्दिर हो । २०१५ सालमा गोरखा केन्द्र बनाएर गएको भूकम्पले यस ऐतिहासिक मन्दिरमा ठूलो क्षति पुर्‍याएको थियो ।

त्यसपछि पुरातत्व विभागले मन्दिरलाई मूल शैली (शिखर शैली)मा पुनर्निर्माण गरी संरक्षण गरेको थियो । पुनर्निर्माणपछि यो मन्दिर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेर भक्तजनका लागि पूर्ण रूपमा खुला गरिएको हो । काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरका अनुसार, भाइटीकाको दिन मन्दिरमा आउने भक्तजनहरूको भिड व्यवस्थापन, सुरक्षा र सुविधा सुनिश्चित गर्न काठमाडौं महानगरपालिका र व्यवस्थापन समितिले समन्वय गर्दै आएको छ ।

भक्तजनहरुलाई केहि कुराको पनि कमी हुन नदिने तथा पूजाआजामा कुनै पनि अफ्ठ्यारो अवस्था आउन नदिने उनको भनाइ छ । साथै भिडभाडमा हुने चोरि डकैति बाट पनि सचेत रहन भक्तजनहरुलाई आग्रह गरेको छ ।

बिहानैदेखि मन्दिर परिसरमा भक्तजनहरूको लामो लाइन लाग्छ। यहाँ आउनेहरूले भगवान् बालगोपालेश्वरलाई दाजुभाइ वा दिदीबहिनीको प्रतीक मानेर टिका लगाउँछन् र आशीर्वाद ग्रहण गर्छन् । यसरी टिका लगाउँदा उनीहरूले पारिवारिक अपनत्व, माया र आत्मीयता अनुभव गर्छन् ।

विशेषगरी एक्ला व्यक्ति, विदेशमा रहेका वा परिवार गुमाएका नागरिकहरूका लागि यो परम्परा सामाजिक सान्त्वना र सम्बन्धको प्रतीक बनेको छ । मन्दिरमा हुने भाइटीकाले समाजमा समानता, सह-अस्तित्व र भावनात्मक नाता बलियो बनाउने काम गर्दछ । इतिहासकारका अनुसार रानीपोखरीमा भाइटीका मनाउने परम्परा प्राचीन मल्लकालदेखि प्रचलनमा आएको हो ।

यसले आजसम्म धार्मिक, सांस्कृतिक र सामाजिक महत्त्व कायम राखेको छ। यसरी, रानीपोखरी केवल ऐतिहासिक स्थल मात्र नभई असहाय, एक्ला वा परिवारविहीन मानिसहरूका लागि आशा, अपनत्व र सामाजिक सम्बन्धको प्रतीक बनेको छ। प्रत्येक वर्ष यहाँ आउने हजारौँ भक्तजनले मन्दिरमा टिका लगाएर सांस्कृतिक परम्परा र पारिवारिक भावनालाई जीवन्त राख्ने अवसर पाउँछन् ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १२ : १० बजे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्: आकस्मिक परिस्थितिका लागि कदम चाल्न तयार छौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इजरायल र अमेरिकाद्वारा इरानमाथि आक्रमणपछि मध्यपूर्व

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३-८४ को बजेटमार्फत अवलम्बन गरिने करका

मतदातालाई प्रधानमन्त्रीको अपिल : काम छोडेर भए पनि भोट हाल्न जानूस् (सम्बोधनको पूर्णपाठ)

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा

इजरायल–इरान द्वन्द्व मध्यपूर्वभर फैलियो

एजेन्सी– इजरायलले इरान समर्थित हिजबुल्लाहका लक्ष्यहरूमा लेबनानभरि व्यापक बमबारी गरेपछि

आगामी आर्थिक वर्षको राजस्व नीति माथि सुझाव माग

काठमाडौं– आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत अवलम्बन गरिने करका