हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी « Khabarhub

हलमा ‘वरिष्ठ बलराम’, दर्शकले भने– माटो सुहाउँदो स्टोरी


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको भाइटीकाको अवसर पारेर आजबाट चलचित्र ‘वरिष्ठ बलराम’ रिलिज भएको छ । दयाहाङ राई र विजय बराल स्टारर चलचित्र देशभरका हलमा आजबाट प्रदर्शनमा आएको हो ।

दयाहाङ र विजयको घम्साघम्सी रहेको चलचित्र हेर्न आज बिहानैदेखि उल्लेख्य संख्यामा दर्शक हलमा देखिएका छन् । पहिलो शोदेखि नै ‘वरिष्ठ बलराम’ले राम्रो प्रतिक्रिया पाएको छ । दर्शकले चलचित्रले मनोरञ्जनसँगै सोसल म्यासेज पनि दिने बताएका छन् । दर्शकले माटो सुहाउँदो स्टोरी भनेका छन् ।

प्राकृतिक स्रोतको दोहनको कथा यो चलचित्रले उठान गरेको छ । यसलाई दर्शकले मन पराएका छन् । ‘वरिष्ठ बलराम’ले दर्शकबाट पोजेटिभ रिभ्यु पाएपछि निर्माणपक्ष सिनेमा राम्रोसँग चल्नेमा ढुक्क देखिएको छ । विजय बराललगायत कलाकार दर्शकलाई भेट्न आज बिहानैदेखि हलहलमा पुगिरहेका छन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।

निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् ।

मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गरेको छ ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  १२ : ४१ बजे

अमेरिकासँग वार्ता पुनः सुरु गर्नेबारे इरानले निर्णय नगरेको विदेशमन्त्री अराघचीको भनाइ

तेहरान– इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले अमेरिकासँग वार्ता पुनः सुरु गर्ने

मुस्ताङमा आठ मालबाहक कन्टेनर प्रहरी नियन्त्रणमा

मुस्ताङ– नेपाल–चीन उत्तरी कोरला नाकादेखि लोमान्थाङ हुँदै अवैध मालवस्तु ओसाररपोसार

नाइमा नेपाल मोबिलिटी एक्स्पोमा शनिबार दर्शकको घुइँचो (तस्बिरहरू) 

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा शनिबार

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौं– उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि भएको

काठ र दाउरा बिक्रीबाट करिब चार करोड आम्दानी

नारायणगढ– जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष २०८२-८३ मा