दीपावलीको दियो यसपालि मधुरो छ | Khabarhub Khabarhub

दीपावलीको दियो यसपालि मधुरो छ



लक्ष्मी मातालाई भित्र्याउनु छ,
सुख–शान्ति ऐश्वर्य ल्याउनुछ,
तर के गर्नु खै!
दीपावलीको दियो यसपालि मधुरो छ।

पराई मुलुकमा यो देशको छोरो लड्दै गर्दा,
थाम्नलाई बलिया हात रहेनछन् थाहा भो।
भैगो ! समाज गुहारौँ भनेथेँ,
आफ्नै स्वर भासिइसके`छ थाहा भो।

व्याधा कस्तो! बालखाका रगत बग्दै गर्दा,
चित्त उसको दुख्दो रहेनछ थाहा भो।
समाज खै! हुँडार प्रवृत्ति हावी भएछ,
प्राण नउड्दै सिकार लुछ्न चुक्दो रहेनछ थाहा भो।

बुद्धको सन्देश, भृकुटीको त्याग, सहिदको बलिदान भुल्दा,
निश्चलता दुर्लभ भो, धमिलो पानी आज बढी रुच्दो रहेछ थाहा भो।
सत्यनिष्ठा, न्यायप्रेमी गोर्खालीको वीर गाथा खोइ?
निर्भय खुकुरी बरु कोमल थियो,
कुटिलताको बधसालामा कलमले बढी रेट्दो रहेछ थाहा भो।

आत्मानुभूति माथि सहानुभूति हावी छ।
भावना बजारमा बिक्री हुँदै गर्दा,
किन्नेको होड यहाँ चल्दो रहेछ थाहा भो।
कालो–सेतो, सेतो–कालो फरक छुट्याउनै गाह्रो,
धुर्तले अनेक रंग आफ्नै भर्दो रहेछ थाहा भो।

आमालाई हँसाउनु छ, तर खै! रित्तिएका काख छन्, कुल्चिएका भाव छन्।
मलम भन्दा गहिरो घाउ, इट्टा भन्दा जीवनको भाउ यहाँ सस्तो छ।
छिपेका स्यालका हुई–हुई पनि फेरि उही,
पोखिएका रगत माथि हानथाप, जुवाको खाल छ।
खै! कसरी मनाउने तिहार?
दीपावलीको दियो यसपालि साह्रै मधुरो छ।

बसन्तपुर-२३ 

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ५ : ४३ बजे

तीन अर्ब बराबरका दुई वटा बचतपत्रको बिक्री खुला 

काठमाडौं– सरकारी ऋण उठाउन सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले दुई वटा

अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीमा संलग्न दुईजना थाइल्याण्डबाट पक्राउ

एजेन्सी– थाइल्याण्डका रेन्जरहरूले अन्तर्राष्ट्रिय वन्यजन्तु तस्करीसँग सम्बन्धित शंका लागेका दुईजनालाई

मानव–वन्यजन्तु द्वन्द्व रोक्न वनमा पानीको प्रबन्ध

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरको नमुना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट

जनसभाका लागि एमालेका केन्द्रीय नेता जिल्लामा

काठमाडौं– नेकपा‍ (एमाले)ले अधिकांश जिल्ला सदरमुकाममा र्‍यालीसहित जनसभा आयोजना गरेको

जर्मनीद्वारा युक्रेनलाई थप सहयोग प्रदान गर्ने घोषणा

जर्मनी– जर्मनीले युक्रेनलाई आवश्यक सामग्री र हतियारका लागि १५० करोड