रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै ट्रम्पले गरे पुटिसँगको भेटवार्ता रद्द « Khabarhub

रुसमाथि नयाँ प्रतिबन्ध लगाउँदै ट्रम्पले गरे पुटिसँगको भेटवार्ता रद्द


६ कार्तिक २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हंगेरीको बुडापेस्टमा हुन लागेको निर्धारित शिखर बैठक रद्द गरेका छन्।

उनले अहिलेको चरणमा वार्ताले अपेक्षित नतिजा नदिने विश्वाससहित भेट रद्द गरेका हुन्। मस्कोले यसबारे अहिलेसम्म प्रतिक्रिया दिएको छैन।

बुधबार ह्वाइट हाउसभित्र नाटोका महासचिव मार्क रुटेसँगको भेटका क्रममा ट्रम्पले उक्त घोषणा गरेका हुन्। उनले भने, ‘यो  बैठक उपयुक्त समय र माहोलमा जस्तो लागेन। मलाई लागेन कि हामी त्यस्तो बिन्दुमा पुग्छौं । जहाँ पुग्न जरुरी छ, त्यसैले मैले रद्द गरें ।’

तर उनले भविष्यमा पुटिनसँग पुनः वार्ता गर्न सकिने सम्भावनालाई अस्वीकार गरेनन्। ‘तर हामी यो (शिखर बैठक) भविष्यमा गर्नेछौं’ । उनले यद्यपि अर्को भेट कहिले र कहाँ हुने भन्ने खुलाएका छैनन्।

ट्रम्पको यो टिप्पणी अमेरिकी अर्थ मन्त्रालयले रुसमाथि नयाँ प्रतिबन्ध घोषणा गरेपछि आएको हो। मन्त्रालयले रुसले शान्ति प्रक्रियामा गम्भीर प्रतिबद्धता नदेखाएको भन्दै ती प्रतिबन्ध लगाएको बताएको छ।

यसअन्तर्गत रुसका दुई ठूला तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइल, तथा तिनका सहायक कम्पनीहरू लक्षित छन्।

तर ट्रम्पले यी नयाँ प्रतिबन्धले युक्रेन युद्धबारे रुसको धारणा परिवर्तन गर्छ कि गर्दैन भन्नेबारे अनिश्चितता प्रकट गरे। उनले भने, ‘आशा छ पुटिन यथार्थपरक बन्नेछन्, र (युक्रेनका राष्ट्रपति) भ्लादिमिर जेलेन्स्की पनि यथार्थपरक हुनेछन्। आखिर, ट्याङ्गो नाच्न दुईजनाको आवश्यकता पर्छ।’

गत हप्तामात्रै दुबै नेताबीच फोनवार्ता भएपछि सम्भावित पुटिन–ट्रम्प शिखर बैठकको घोषणा गरिएको थियो, यद्यपि मिति तय भएको थिएन।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले यसअघि रूस–अमेरिका बैठकअघि गम्भीर तयारी हुनुपर्ने बताएका थिए। उनले जोड दिँदै भनेका थिए, ‘दुवै राष्ट्रपति परिणाममुखी काम गर्ने बानीका छन्, त्यसैले शिखर बैठक व्यर्थ नहोस् भन्ने सुनिश्चित गर्नुपर्छ।’

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहिबार  ६ : १४ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका