सुधन गुरुङ भन्छन् : हजारवटा सिंहदरबार बनाइदिन सक्छु, यही संविधानमा टेकेर नेताहरूलाई हान्छौँ (भिडियो) « Khabarhub

सुधन गुरुङ भन्छन् : हजारवटा सिंहदरबार बनाइदिन सक्छु, यही संविधानमा टेकेर नेताहरूलाई हान्छौँ (भिडियो)


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई जेन-जी आन्दोलनको नेताका रुपमा परिचित गराउँदै आएका सुधन गुरूङ बिहीबार भाइटीकाको दिन माइतीघर मण्डल पुगे । जहाँ गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा ज्यान गुमाएको तस्बिर राखेर भाइटीका कार्यक्रम राखिएको थियो ।

उक्त कार्यक्रममा जेन-जी आन्दोलनका क्रममा मारिएकाहरूको तस्बिरमा माला र फूल चढाएर भाइटीका कार्यक्रम आयोजना गरियो ।

विवादास्पद गैरसरकारी संस्था हामी नेपालीका संयोजकसमेत रहेका सुधनले पछिल्लो समय आफूलाई जेन-जीहरूको नेताका रुपमा प्रस्तुत गरिरहेका छन् । बिहीबार पनि उनी माइतीघर मण्डलमा त्यही रुपमा प्रस्तुत भए । उनले त्यहाँ राष्ट्रिय झन्डा ओढेर कार्यक्रमलाई सम्बोधन गर्दै अब नेतासँग जनता डराउने दिन गइसकेको बताए ।

केही समययता सरकारी कार्यालय र विभागहरूमा पुग्दै निर्देशन दिन थालेका उनले छाया सरकारकै शैलीमा काम गरिरहेका छन् । उनले बिहीबार माइतीघरमा पनि त्यही शैलीमा यो सरकारले भ्रष्टाचारमा मुछिएका कसैलाई पनि बाँकी नराख्ने बताए ।

‘कुनै पनि दिन नेताहरू नेपाली जनतासँग डराउँदैनथे । तर नेपालको इतिहासमा पहिलो पटक नेताहरू र कर्मचारी जनतासँग डराएका छन् । नेपाली जनतताले सरकारलाई के गरिस् भन्न पाएका छन्’, उनले भने, ‘यो सबैभन्दा ठूलो उपलब्धि जेन-जी आन्दोलन र नेपाली जनताको हो । यो उपलब्धिलाई कायम राख्न अन्तिमसम्म लड्नुपर्छ ।’

उनले जबसम्म देश बन्दैन तबसम्म लडिरहनुपर्ने बताए । ‘देश नबनेसम्म लडौँ । यो नै अन्तिम लडाइँ हो । यो वार कि पारको लडाइँ हो । हामी जेन-जीहरू फुट्ने काम नगरौँ’, उनले भने, ‘कम्तीमा हामी चाहिँ एकअर्कासँग लड्ने काम नगरौँ । घरको झगडा घरमै राखौँ हामी एक रहेको सन्देश दिऊँ ।’

उनले पहिले जस्तै भारतमा गएर नेपालको समस्या सुनाउँदै ढ्यांग्रो ठोक्ने काम गलत रहेको पनि बताए । ‘हामी छिमेकीकहाँ गएर, भारतमा गएर ढ्यांग्रो ठोक्ने काम नगरौँ । त्यही भएर हामीले संविधान जोगाउनु परेको हो’, उनले भने, ‘यो ढ्यांग्रो उता (भारततिर) गएर ठोकिने डरले संविधान जोगउनु परेको हो । अहिले हामीसँग भएका नेता नेपाली नै हुन् । चोर नै भए पनि उनीहरू नेपाली हो । त्यसलाई हामी आत्मसात गर्नुपर्छ ।’

उनले अहिले नेपालीसँग दुईवटा विकल्प मात्रै रहेको बताए । ‘हामीसँग देशलाई सपार्ने कि बिगार्ने दुईवटा विकल्प छन् । अब हामीले देशलाई बनाउनुपर्नेछ’,  उनले भने, ‘तिहारलगत्तै हामी हरेक नेपाली नागरिकहरू मिलेर टोल टोलमा रहेका समस्या पहिचान गरौँ । ६ महिनामा हामी देशलाई बदल्न सक्छौँ ।’

उनले अहिले आफूलाई अमेरिकी एजेन्सी सीआईएदेखि भारतीयको पनि एजेन्ट बनाएको बताए । ‘आज मलाई सीआईएको एजेन्ट बनाउँछन् । भोलि भारतीय बनाउँछ । पर्सि भुटानी बनाउँछन । हुँदा हुँदा थाई एजेन्ट पनि बनाइरहेका छन्’,  उनले भने, ‘उनीहरूको यो रणनीति हो । तपाईं-हामीले विवेक प्रयोग गर्नुपर्छ । जेन-जीलाई फुटाउन खोजिरहेका छन् । फुटाऊ र शासन गर भन्नेसँग जेन-जी सचेत हुनुपर्छ ।’

उनले परम्परागत दलका नेताहरूले जेन-जीहरूलाई फुटाउने रणनीति आफूहरूले बुझिसकेको पनि बताएका छन् । ‘हामीलाई छुट्याउन र फुटाउने काम गरिरहेका छन्। अहिलेको समयसम्म देश बिगार्ने नेता हुन्’, उनले भने, ‘बिग्रेकैमध्ये नेताहरू सत्तामा पुगे।  जेन- जी भन्दा एमाले नै ठिक कांग्रेस नै ठिक भन्ने भाष्य बनाइँदैछ । तर हामीले त्यसलाई समयमै चिरेर अघि बढ्न सक्नुपर्छ ।’

उनले सिंहदरबार भन्दा ठूलो मान्छेको ज्यान भएको पनि बताए । सुधनले आफूले हजारवटा सिंहदरबार बनाउन सक्ने तर्क पनि गरे । ‘मान्छेहरू सिंहदरबार जलाए भन्छन्, तर त्यो अर्को बनाउन सकिन्छ । आमाको रित्तिएको कोख बनाएर देखाइदिनुस् त’, उनले भने, ‘एउटा आमाको कोख रित्तिएको छ, उहाँको छोरालाई जीवित बनाइदिनुस् त । सिंहदरबार हजारवटा बनाउन सकिन्छ, म बनाइदिन सक्छु । मेरा भाइबहिनीहरू जति पनि सहिद भएका छन्, ती फर्किएर आउँदैनन् ।’

उनले सिंहदरबार जल्नु ठूलो कुरा नभएको पनि बताए । ‘सिंहदरबार जलेको सेकेन्डरी कुरा हो, गोली हानिएको कुरा मुख्य हो । हामी त्यता जान सकिन्छ । सिंहदरबार यति कुरुप र भ्रष्टाचारले भरिएको रहेछ । हरेक ठाउँमा लोभ लालच रहेछ कमिशन रहेछ’,  उनले भने, ‘सिंहदरबार एउटा कोठा हो । त्यहाँ हामी कसरी पावरमा आउने, सत्तामा जाने भन्ने मात्रै छ । त्यहाँ देश बनाउने कुरा छैन ।ֹ’

उनले आफू एउटा नागरिक मात्रै बताउँदै अब संविधानलाई नै टेकेर हान्ने बताए । ‘अब हामी संविधानलाई नै टेकेर नेताहरूलाई हान्छौँ, पाठ सिकाउँछौँ । अलिकति समय लाग्छ । ८० वर्षसम्म बर्बाद पारेका छन् । यो बनाउन समय लाग्छ’, उनले भने, ‘हामीले हरेक ठाउँमा भएको भ्रष्टाचार निकाल्न सक्छौँ । नागरिक आफैँ खबरदारीमा उत्रिनेबित्तिकै भ्रष्टाचार कम हुन्छ । हामी नेपाली जनतासँग शासकहरू डराएका थिएनन् । अब डराउन थालेका छन् । देश बनाउने यो हाम्रो लागि गतिलो मौका हो ।’

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ८ : ४१ बजे

४७ वर्षको जटिलता ४७ दिनमै अन्त्य, जेन-जी सरकारबाट स्वास्थ्य क्षेत्रमा ऐतिहासिक पहल

सिरहा– अस्पतालको काम बिरामीको उपचार गर्नु हो, तर लहानको रामकुमार

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान