इरानविरुद्ध खेल्न तयार छौँ: कम्तान सावित्रा भण्डारी « Khabarhub

इरानविरुद्ध खेल्न तयार छौँ: कम्तान सावित्रा भण्डारी


६ कार्तिक २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले इरानविरुद्ध मैदानमा उत्रिन आफूहरू तयार भएको बताएकी छन्।

शुक्रबार नेपाल मैत्रीपूर्ण त्रिदेशीय फुटबलअन्तर्गत इरानसँग भिड्दैछ। खेलका लागि नेपाल भारत पुगिसकेको छ।

‘नेपाल इरानविरुद्ध खेल्न तयार छ। भारत आइसकेपछि हामीले मैदानको पनि अवलोकन गरिसकेका छौँ,’ उनले भनिन्, ‘हामी सबै इरानविरुद्ध खेल्न मानसिक र शारीरिक रूपमा तयार छौँ।’

नेपाल र इरानबीचको खेल जवाहारलाल नेहरु रंगशालामा नेपाली समयअनुसार शुक्रबार साँझ सवा ६ बजे सुरु हुनेछ।
त्रिदेशीय खेलअन्तर्गतको उद्घाटन खेलमा भारत र इरान भिडेका थिए। जसमा इरानले घरेलु टोलीमाथि २-० गोलको जित दर्ता गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरिसकेको छ।

नेपाल पनि पहिलो खेलमै जित दर्ता गरी सुखद सुरुवात गर्न चाहन्छ भने इरान लगातार जितको खोजीमा छ। प्रतियोगितामा हरेक देशले २ खेल खेल्नेछन् भने शीर्ष टोली बिजेता बन्नेछ।

प्रतियोगिताको ट्रफी आज अनावरण गरिएको छ।

प्रकाशित मिति : ६ कार्तिक २०८२, बिहीबार  ९ : १७ बजे

कृषि क्षेत्रको कर्जा सीमामा पछि हट्यो राष्ट्र बैंक, अब बैंकले १० प्रतिशत लगानी गरे हुने

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकहरूबाट कृषि क्षेत्रमा गर्नुपर्ने लगानीको सीमा

अर्थमन्त्रीले भने- बाह्य क्षेत्रका चुनौती सामना गर्न अब बन्ने सरकारले उचित कदम चाल्नुपर्छ 

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले बाह्य क्षेत्रबाट उत्पन्न चुनौतीलाई सामना गर्न

मापदण्डविपरीत चिल्लो पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बेच्न रोकियो

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

प्रधानमन्त्रीले प्रशंसा गर्दै भनिन् : चुनाव सफल बनाइदिनु भयो, प्रचण्डको जवाफ : निर्वाचन नहुँदा मुलुक दुर्घटनामा जान्थ्यो

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल